ब्यापारी राजकुमार हत्या कान्डका मुख्य अभियुक्त पक्राउ

1151

वीरगन्ज २७ असार प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरण गरी हत्या गर्ने योजनाकारहरुलाई प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीले दाङ, काठमाडौ र बाँकेको नेपाल भारत सीमा क्षेत्रबाट योजनाकार मध्येका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

तुलसीपुर उपमहानगरपलिका वडा नंम्बर ५ मा कपडा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारी राज कुमार श्रेष्ठलाई जेठ २६ गते तुलसीपुरबाट अपहरण गरी अपहरण पश्चात २९ गते हत्या गरी फरार रहेका मुख्य अभियुक्त सल्यानस्थित साविक झिम्पे कोरवाङ गाबिस वडा नम्बर ५ घर भई हाल दाङ हेकुली ६ बालापुर बस्ने ३७ बर्षका मान बहादुर भण्डारी, दाङ साबिक शान्तीनगर गाबिस.वडा नं.४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजार बस्ने बर्ष ३९ को टिकाराम घर्ती र निजको छोरी बर्ष १८ की पुजा घर्तीलाई बिशेष सुचनाको आधारमा बाँके डुरुवा गाउँपालिका वडा नं.६ स्थित नेपाल भारतको सीमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरिएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिनु भयो ।

त्यसै गरी घटनाका मुख्य योजनाकारहरु दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वर्ष २८ को भुपेन्द्र भण्डारीलाई तुलसीपुरबाट र तुलसीपुर ११ कटाहा वस्ने खुम वहादुर के.सी.(३०)लाई काठमाडौबाट पक्राउ गरिएको वताउनु भयो । घटनामा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं.९ वेलुवा शिवज्योति टोलका नारायण वली (४१) लाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको शाहले जानकराी दिनु भयो । यसै बीच राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका घोराहीका रण बहादुर घर्तीलाई पनि जेठ २९ गते नै अपहरणकारीहरुले हत्या गरिसकेको अनुसन्धानमा खुलेको प्रहरीले वताएको छ ।