×

प्रणय कुमार बीरगंज २६ असार श्री नेपाल रेल्वे माध्यमिक बिद्यालय बीरगंजले आज छात्रबृती बितरण गरेको छ । घण्टाघर नजिक रहेको बिद्यालयले एक समारोहका बीच छात्रबृती बितरण गरेको हो । बिद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका २ सय २० जना छात्राहरुलाई ४ सय रुपैयाँका दरले छात्रबृती बितरण गरिएको हो । त्यसैगरी कक्षा ९ र १० का १ सय ४ जना छात्राहरुलाई १७ सय रुपैयाँका दरले दलित, अतिसिमान्तकृत, अपाङ्ग, शहिद परिवारका बिद्यार्थी तथा जेहेन्दार बिद्यार्थी गरि कुल ३ सय २४ जनालाई छात्राहरूलाई बिद्यालयले कुल २ लाख ६४ हजार ८ सय रुपैयाँ बितरण गरेको बिद्यालयका शिक्षक मनोज यादवले बताउनु भयो । बिद्यालयका प्रधानाध्यापक देवशरण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति मिरा प्रधान, बिद्यालयका सहायक प्रधानाध्यापक अकबर हवारी, शिक्षक हरिकृष्ण महर्जन, सच्चितानन्दलाल कर्ण, अरूणलाल कर्ण, दिनानाथ रौनियार, दिपक लाल पार्थी, महन्थ प्रसाद यादव, राजेश्वरी चौधरी , मंजु चौधरी, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिती शिक्षक सच्चितानन्दलाल कर्णले बताउनु भयो । छात्रबृती बितरणका लागि के कति रकम बिनियोजन गरिएको र हाल सम्म के कति रकम बितरण गरिएको भने प्रष्ट गरिएको छैन् ।

Back to top