×

वीरगन्ज २६ असार वीरगन्ज महानगरपालिकाको मुर्ली बगैचाबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले आइतबार विशेष सुचनाको आधारमा महानगरपालिकाको वडा नम्बर १५ स्थित मुर्लीबगैचामा डेरा गरी बस्ने भिम श्रेष्ठको कोठाबाट एक लाख ७२ हजार २७० रुपैया“ नगद सहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

श्रेष्ठको कोठामा व्यवसायिक रुपमै जुवा तास खेलाउने गरेको पुर्व सुचनाको आधारमा प्रहरीले आइतबार अपराह्न्न पा“च बजे छापामारी गर्दा एक भारतीय सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घर भित्र तास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गर्दा वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौल निवासी रमेश चौधरी, वीरगन्ज १० निवासी संजय श्रीवास्तव, सुदिप श्रष्ेठ, वीरगन्ज १९ निवासी गोपाल प्रसाद मारवाडी, वीरगन्ज रानीघाट १३ निवासी अन्जनी कुमार गुप्ता र जुवा खेलाउने भिम श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले छापा मार्दा कोठाबाट ९ गड्डी सिल र ३ गड्डी खुला तासको बन्डल, एक थान क्यालकुलेटर समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

हार जितको उद्देश्य राखी तास खेल्नु कानुनले बर्जित गरेपनि श्रेष्ठ मुनाफा कमाउने उद्देश्यले व्यवसायिक रुपमा तास खेलाउने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जानएको छ ।

 

Back to top