बैंकसँग पैसा सकियो, ५ हजार रुपैँया भन्दा बढी साट्न नपाइने

1389
The Ratnapark-Bhadrakali road section has become congested once again after many fuel tankers entered through the Nepal-India border and the supply of fuel eased, in Kathmandu, on Monday. Photo: THT

वीरगन्ज २६ असार रकम अभावका कारण बैंकहरुमा संकट देखिन थालेको छ । बैंकहरुमा आर्थिक अभाब भइरहेका बेला कतिपय जिल्लामा बैंकहरु रित्तिन थालेका छन् । थोरै थोरै रकमको चेक दिन पनि अप्ठेरो अबस्था सिर्जना देखिएको छ । उपत्यकाका बैंकहरुले बचत रकमको अभाव झेलिरहेका बेला यसको प्रभाव जिल्लाहरुमा पनि देखिन थालेको छ । हमालका अनुसार, हुम्ला सदरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैंकमा रकम रित्तिएपछि सेवाग्राही मर्कामा परेका छन् ।

रकम अभावका कारण बैंकले सेवाग्राहीको ५ हजार रुपैँयासम्मको चेक मात्र साट्ने गरेको छ । ५ हजार भन्दा बढीको चेक लिएर आउनेलाई बैंकले पैसा नभएको भन्दै फिर्ता पठाउने गरेको छ । चेक काटेर बैंक पुग्दा रकम नभएको भन्दै पैसा नपाउँदा सेवाग्राही अलमलमा परेका छन् ।

असारको २५ गते पछि फण्ड राख्न र झिक्न नमिल्ने भएका कारणले रकम अभाव भएको राष्ट्रिय बाणिज्य बैंक सिमिकोट शाखाका प्रबन्धक ठोक्रे बिष्टले बताए ।

‘असारको ६ गते २५ करोड रुपैंयाँ मगाएका थियौं, २० दिनमा अगाडिको स्टक ८ करोडसहित ३३ करोड रकम सकियो ।’ उनले भने ।

असार २३ गते केन्द्रसँग थप रकम माग गरिएको भए पनि रकम नआएको बैंक प्रवन्धकले जनाएका छन् । अब साउन २ गते मात्र रकम आउने उनले बताए ।

जिल्लामा रहेको एक मात्र सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकमा रकम अभाव भए पनि निजी स्तरको सिटिजन्स् बैकमा भने आफुलाई असार मसान्तसम्म धान्ने रकम रहेको बैंक मेनेजर प्रकाश महतले बताए ।

असार अन्तिम भएकाले बैंकमा कारोवार गर्नेहरुको संख्यामा भने दुबै बैंकमा भीड लागेको छ । भीडलाई मध्यनजर गर्दै सिटिजन्स बैंकले भने रेमिट्यान्सको कामलाई २ बजे पछि मात्र गर्ने गरेको मेनेजर महतले बताए । सिटिजन्स बैंकसंग बाणिज्य बैंकले रकम माग गरेको भए पनि ठूलो रकम जम्मा भए पछि मात्र दिन सकिने महतले जानकारी दिए ।

आर्थिक बर्षको अन्त्यमा अत्याधिक आर्थिक कारोवार हुने यस जिल्लामा सम्पूर्ण सरकारी कारोवार राष्ट्रिय बाणिज्य बैंकमा गरिने भएकाले पनि रकम अभाव भएकोे छ । यो बर्ष नियमित कारोवार संगै मुक्त हलियाको रकम दिनु पर्ने र द्वन्द्व पीडित राहत असारमा आएकाले पनि राष्ट्रिय बाणिज्य बैंकमा रकम अभाव भएको छ ।