प्रहलाद गिरी र प्रधुमन चौहान फोरम नेपालको केन्द्रिय सदस्यमा मनोनित

1296

वीरगन्ज २६ असार नेता प्रहलाद गिरी र प्रद्युमन चौहान संघीय समाजवादी फोरम नेपालको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । केन्द्रिय अध्यक्ष उपेन्द्र यादवेको अध्यक्षतामा वसेको बैठकले नेताद्धय गीरी र चौहानलाइ केन्द्रिय सदस्यमा मनोनित गरेको हो । राजधानीको तिनकुने स्तिथ पार्टी कार्यालयमा बसेको केन्द्रय समितीको बैठकले सर्वसहमतीबाट दुबै जनालाइ केन्द्रिय सदस्यमा मनोनित गरेको हो । एमाले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका प्रहलाद गिरी र प्रधुमन चौहानलाइ पार्टीको केन्द्रिय सदस्यमा मनोनयन गर्न जिल्ला कार्य समिति पर्साले सर्वसहमतबाट निर्णय गरि केन्द्रमा सिफारिस गरेको थियो । जेष्ठ ८ गते मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ नेपाल कुम्युनिष्ट पार्टी एमालेले सम्बोधन नगरेको भन्दै एमाले पार्टीबाट नेता गीरी र चौहानले परित्याग गरेका थिए ।मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ संस्थागत गर्नुपर्ने जनचाहना भएपनि मधेस आन्दोलनको भावनालाइ एमाले पार्टीले उपेच्छा गरेकोले आफुहरु पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजीनामा दिएको गीरी र चौहानले जनाएका थिए । आफुहरुलाइ संघीय समाजवादी फोरम नेपालको केन्द्रिय सदस्यमा मनोनित गरिएकोमा केन्द्रिय समित प्रति नेता गीरी र चौहानले हर्दिक कृतग्यता व्यक्त गर्दै आफुहरुले पाएको जिम्मेवारी शसत्त रुपमा निर्वाह गर्ने धारण व्यक्त गरेका छन् ।

 

Comments

comments