×

वीरगन्ज २६ असार आगामी असोज २ गते हुने स्थानीय चुनावमा वडादेखि मेयरसम्म संघीय समाजवादी फोरम नेपालका उम्मेदवारलाइ जिताउने प्रतिवद्धता वीरगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन् । सोमबार दिउसो वीरगन्जको गोपाल मन्डलीमा संघीय समाजवादी फोरम नेपाल वीरगन्ज महानगरसमितीले आयोजना गरेको नगरस्तरिय अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन । फोरम नेपालका वीरगन्ज महानगसमितीका कार्यवाहक अध्यक्ष लखनलाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रमका सहभागी सबै वडाका कार्यकर्ताहरुले आपसी मतभेदलाइ अन्तगरी चुनावलाइ जिवनमरणको सवाल बनाएर लागने प्रतिवद्धता व्यक्त गरेका थिए ।अहिलेको मुख्य चुनौतीनै सबै पदमा फोरमलाइ जिताउनु पर्ने धारणा अधिकांस कार्यक्रताहरुको रहेको थियो । चुनावमा लडने इच्छा सबैले व्यक्त गरेपनि पार्टीले टिकट दिएको उम्मेदवारलाइ जिताउन सबैले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवम पार्टीका केन्द्रिय सदस्य मोहन चौधरीले वीरगन्ज महानगपालीकाको मेयर पदमा पार्टीले प्रस्तावित गरेको उम्मेदवार विजय सरावगीको छवी र पहिचान स्वच्छ समाजसेवीको रुपमा प्रसिद्ध रहेकोले चुनाव अत्यधिकमतले जितने दावी गर्दै उच्चमनोवलका साथ चुनावी मैदानमा होमिन आहवान समेत गरेका थिए । कार्यक्रमा सहभागी कार्यकर्ताहरुलाइ चुनवाको आगामि रण्नितीको बारेमा निर्र्देशन गर्दै केन्द्रिय सदस्य प्रहलाद गीरीले हालै भएको स्थानिय चुनावमा फोरम नेपालका अवस्था राम्रो भएपनि राष्ट्रिय मेडियाहरुको नस्लवादी रवैयाको कारण चुनावको वास्तवित अवस्था जनतामा पुग्न नसको धारणा समेत व्यक्त गरेका थिए ।उनले फोरमको आन्दोलन नै मधेस मुक्तिको आन्दोल हो,फोरमको मशाल छाप नै ,मधेस आन्दोलनको छाप र फोरमको विजय नै स्वायत मधेश प्रदेशको स्थापना सहितको मधेसको विजय भएको बताएका थिए । साथै नेतागीरीलेसबै मतभेदहरुलाइ बिर्सेर आजै देखि पार्टीलाइ जिताउने महायज्ञमा होमिन सम्पुर्ण कार्यकर्ताहरुलाइ संकलप समेत गराएका थिए । अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला अध्यक्ष प्रदिप यादवले विराटनगर महानगरपालीकाको चुनाव मतखसालने सहिजानकारी नभएको कारण मसालको १०हजार मतबदर भएकोले चुनावमा हारभएको स्पष्ट गर्दै उच्च मनोबलका साथ चुनावमा होमिन सबै कार्यकर्ताहरुलाइ आहवान गरेका थिए । नेता यादवले पार्टीले परिमार्जन सहितको संविधान संशोधनबाट मात्र मधेसको माग पुरा हुने बताउदै चुनाव र परिमार्जन सहितको सविधान संधोनबारे सबै मधेसी जनतालाइ गाउ गाउमा बिशेष छलफलको कार्यक्रम चलाउन आम कार्यकर्ताहरुलाइ आहवान समेत गरेका थिए ।मेयरका प्रस्तावित उम्मेदवार विजय सरावगीले आममतदातालाइ मसाल चुनाव चिन्हमा स्वस्तीक छापलगाए मतदिन आजैदेखि मतदाता प्रशिक्षणको कार्यक्रमहरु चलाउन बडा समितीलाइ नेता सरावगीले अनुरोध समेत गरेका थिए ।एमाले पार्टि परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका नेता सुन्दर कुिर्मले कार्यकर्ताहरुलाइ चुनाव आगमि कार्यक्रम तथा रणनितिको बारेमा बिशेष प्रशिक्षण समेत दिएका थिए । केन्द्रिय सदस्य करिमा वेगम,मधेस प्रदेशका सचिव सलाउदिन अहमद,मुस्लीम फोरम नेपालका केन्द्रिय अध्यक्ष मौलाना नुरुल होदा लगायतका नेताहरुले चुनाव रणनितिको बारेमा निर्देशन दिएका थिए ।

Back to top