संचाकर्मी रञ्जन यादबसंग दुरब्यवहार गर्ने लेखा अधिकृत अंसारीलाई कारवाहिकाे माग

2129

बारा २५ असार बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुरमा स्थानिय पत्रकारहरुको बैठक सम्पन्न भएको छ । बैठकले संचाकर्मी रञ्जन यादबसंग दुरब्यवहार गर्ने नगरपालिकाका लेखा अधिकृत विश्मील्लाह अंसारीको कार्यप्रति खेद प्रकट गर्दै कारवाहिकाे माग गरेेेका छन ।

जिल्लाका वरिष्ठ पत्रकार गम्भिरा सहनिको अध्यक्षतामा सम्पन्न बैठकले सुचनाको हक प्रयोग गरी सुचना माग गर्दा सुचना दिन आलटाल गरेकोप्रति सबै सञ्चारकर्मीहरुको ध्यानाकर्षण भएको जनाएको छ । नगरपालीकाका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेको अगाडी नै लेखा अधिकृत अंसारीले संचारकर्मी यादबसंग दुब्र्यवहार गर्दा समेत अधिकृत मौन रहनुभएकोप्रति आपत्ति जनाउदै सम्बन्धित निकायमा डेलिगेसन तथा उपल्लो निकायमा सुचनाको हक माग गर्ने गरी नेपाल पत्रकार महासंघसंग समान्वय गर्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले आगामी दिनमा महासंघ विस्तारमा जितपुरका संचारकर्मीहरुको सम्मान जनक सहभागीताको लागि संगठित हुन अर्काे बैठकमा तदर्थ कमिटि गठन गर्ने निर्णय गरेको छ । बैठकमा नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्य रञ्जन यादब, श्याम गुप्ता, प्रदेश कमिटि सदस्य मनोज साह, अनिल तिवारी, मोहित चौधरी, पप्पु साह र ऋषी श्रीवास्तबको उपस्थिति रहेको थियो ।

यसैबिच रेडियो समर्पणका प्रबन्ध निर्देशक सन्तोष देउजाले पनि पत्रकार रञ्जन यादवमाथी भएको दुब्र्यवहारप्रति दुख ब्यक्त गर्नुभएको छ । नगरपालीकाका लेखाअधिकृत अंसारीले बदनियत्पूर्ण ढंगले पत्रकारमाथी दुब्र्यवहार गर्नुलाई सुचनाको हक कुंठित गर्ने प्रयासको संज्ञा दिनुभएको छ । राष्ट्रको चौथोृ अंगको रुपमा रहेको सञ्चारकर्मीमाथी भएको यस्तो घटनाले सम्पूर्ण सञ्चारजगत्का सबै जनसेवकलाई दुखीत बनाएको देउजाको ठहर छ ।