×

वीरगन्ज २४ असार मधेश आन्दोलन उत्कर्षमा थियो । जिल्लाको मलेठमा एमालेले मेची–महाकाली अभियानअन्तर्गत आयोजना गरेको आमसभा विथोल्न खोज्दा प्रहरीको गोली लागेर ५ जना आन्दोलनकारीको मृत्यु भएपछि आन्दोलन झनै चर्किएको थियो । प्रहरीप्रति स्थानियको आक्रोश चरणमा पुगी आन्दोलनले उग्र रुप ग्रहण गर्दै थियो । यसैबेला तत्कालीन एस.पी. देवेश लोहनीलाई गृहमन्त्रालयले हेडक्वाटर झिकाएर एस.पी. अनुराग द्विवेदीलाई जिल्ला प्रहरी कायालयको प्रमुखमा पठाएको थियो ।

मलेठ घटनाको दुई दिनपछि २०७३ फाल्गनु २५ गते उनी सप्तरी आएर कार्यभार सम्हालेका थिए । आएको भोलपल्टै उनले सवभन्दा पहिले प्रहरीप्रति देखिएको जनआक्रोश मत्थर पार्ने प्रयास थालेका थिए । यस व्रmममा “जनतासँग प्रहरी र प्रहरीसँग जनता” अभियानलाई उनले तीव्र बनाए । जनताको साथ विना शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नसकिने भन्दै उनले अभियानलाई तीव्रता दिएपछि जिल्लामा प्रहरीप्रतिको आक्रोश मत्थर हुँदै गई शान्ति सुरक्षामा ब्यापक सुधार बन्दै गएको थियो । प्रहरी र नागरिक बिचको सम्बन्धमा सुधार हुँदै गएपछि उनले दोस्रो प्राथमिकतामा राखेका अपराध नियन्त्रण कार्यलाई तीव्र बताए ।

समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणका लागि जनताको बस्ती भेटघाट र नागरिक सुनुवाई कार्यव्रmम तीव्र बनाएपछी प्रहरीले एक पछि अर्को सफलता हात पार्दै गयो । आएको ४ महिनाको छोटो अवधीमै उनी जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय सुधार ल्याउन सफल भए । यस अवधीमा सीमा क्षेत्रबाट हुने चोरी, निकासी, होटल, रेष्टुरेन्टमा हुने गरेको यौन ब्यवसाय, बन्धकमा परिएका मजदुरहरुको उद्धार, चोरी, लुटपाट तथा भूमिगत संगठनहरुद्वारा चलाएको चन्दा र बम आतंक लगायतका घटना रोक्न र त्यस्ता कार्यमा संलग्न अपराधिहरुलाई कानूनको फन्दामा ल्याउन सफल भए । घर, पसल, उद्योग र सार्वजनिक ठाउँमा बम राखेर सर्वसाधारणलाई आतंकित बनाउने भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाका आदित्य शर्मा, मो. नसिर, पप्पु दास तथा अपहरण धन्दामा संलग्न मो. जुम्राती मियाँ, मन्जुर मियाँ लगायतलाई हतियार सहित पव्रmाउ गर्नु एस.पी. द्विवेदीको कार्यकालको अर्को सफलता हो ।

जिल्लाको कमाण्ड सम्हालेपछि दलाललाई पूर्ण रुपमा प्रवेश निषेध गरेका उनले विहारमा मदिरा प्रतिबन्ध गरिएपछि अवैध मदिरा ओसार पोसार रोक्न सीमाक्षेत्रमा प्रहरी सव्रिmयता समेत बढाएका थिए । फलस्वरुप अवैध रुपमा ओसार पोसार हुने मदिरा ठुलो परिमाणमा जफत गर्नुका साथै अवैध रक्सी भट्ठीहरु पनि धमाधम बन्द हुन थालेको थियो । जसकारण तस्करहरुको निन्द्रा हरेको थियो । प्रहरी सव्रिmयता बढेपछि तस्करी समस्यामा पनि धेरै हदसम्म सुधार देखिएको छ । यस्तै भर्खरै प्राकृतिक प्रकोपको रुपमा देखा परेको बाढीले उत्पन्न समस्यामा पनि उनको सव्रिmयता प्रसंशायोग्य छ । राहत तथा उद्धार कार्यमा खटिएका प्रहरीको नेतृत्व पनि उनी आपैm सम्हालेका छन् । बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा उनले देखाएको सव्रिmयताको स्थानीयले मुक्तकंठले प्रशंसा गरेका छन् ।

मलेठका बाढी पीडित विरेन्द्र खंग भन्छन्, “वादीले घर बगाउन लागेको खवर गरेको १० मिनट नबित्दै एस.पी. द्विवेदी प्रहरी टोलीसँगै पुगेर राहत र उद्धार कार्यमा जुट्नु भयो ।” यसबारे एस.पी. द्विवेदी भन्छन्– जनताको समस्यामा हातेमालो गर्न सकिए मात्र सम्बन्ध सुमधुर, शान्ति सुरक्षा सुदृढ बन्न सक्छ ।” यस्तै यस्तै सकारात्मक कार्यले उनी पटक–पटक विभाग र स्थानीय समाजबाट सम्मानित पनि भएका छन् । तर विण्डम्वना ! पछिल्लो पटक दलीय स्वार्थ र भक्तिको आधारमा उनलाई हेडक्वाटर झिकाएको खवरहरु सार्वजनिक भएका छन् । प्रहरी आचरण विरुद्ध कहिले सम्झौता नगर्ने उनको वादी कतिपय सत्तासिन दलका नेता र त्यस्तै तस्करी कार्यलाई प्रोत्साहन गर्ने केही पहुँचवाला ब्यक्तित्वहरुले पचाउन सकेका थिएनन् । फलस्वरुप उनलाई अन्यत्र सरुवा गराउने खेल उनीहरुद्वारा शुरु गरिएको थियो । सत्तासिन दलका स्थानीय केही नेताहरु समेत आसन्न स्थानीय तहको निर्वाचनलाई आप्mनो अनुकुल बनाउन एस.पी. दिवेश द्विवेदी बाधक बन्न सक्ने अनुमान सहित सरुवा गराउन शक्ति केन्द्रहरुमा ब्यापक दवाव बनाउँदै गएका थिए । तर प्रहरी आचारसंहिता र इमानमा अडिग एस.पी. द्विवेदीले त्यस्ता ब्यक्तिहरुसँग सम्झौता गर्न नमान्दा नै हेडक्वाटरमा तानिएको हुन सक्ने स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।

नगरीक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बन्दै गएको बेला अचानक एस.पी. द्विवेदीलाई हेडक्वाटर झिकाउनु चकित पार्ने घटना भएको बताउँछन् । उनले राम्रो काम गर्दै गएका एस.पी. द्विवेदीलाई हेडक्वाटर झिकाएर सत्तासिन दलका केही नेताले आफ्नो अनुकुल मान्छे ल्याउने र चुनावलाई आफ्नो पक्षमा पार्ने षडयन्त्र भएको दावी गरे । अधिकारकर्मी जंगबहादुर सिंहले स्वच्छ क्षवि भएका एस.पी. द्विवेदीको कार्यकालमा जिल्लाको शान्ति सुरक्षा अवस्था सुदृढ बन्नुका साथै प्रहरी र नागरीक बिचको सम्बन्ध सुमधुर बन्दै गएको बेला उनलाई हेड क्वाटर बोलाउनु अपरिपक्व निर्णय भएको बताए । स्थानीय बुद्धिजीवी देवनारायण यादवले एस.पी. द्विवेदीलाई हेडक्वाटर झिकाउने निर्णय अविवेकीपूर्ण तथा विभेदपूर्ण भएको बताए । उनले भने, “सतिले सरापेको मुलुकमा यस्तै हुन्छ, राम्रो काम गर्ने ब्यक्तिलाई प्रोत्साहन गर्नुको सट्टा मनोबलता गिराउने काम भएको छ, यसलाई सम्वद्ध निकायले सच्याउनुपर्छ ।”

Back to top