×

चिरञ्जीवी यादव,बिरगन्ज २३ असार पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ४ मा रहेको श्री दलित उत्थान प्राथमिक बिधालय श्रीसियाको बिधालय भैंसीको गोठ बनेको छ । यश बिधालयमा पठनपाठन न भएर बिधालयमै नाधखुट्टा राखी भैंसी र बाख्रा पढ्ने बिधालय बनेको छ । बिधालयको कक्षा कोठामा जुवा तास पनि खेल्ने भइ रहेको स्थानिय लालबाबु साहले बताए । यश बिधालय मा ७/८ वट्टा बिधार्थी रहेको जनकारी प्राप्त भएको छ । जि.शि.का बिरगंज पर्साबाट खटिएका बिधालय निरिक्षकहरुको लापरवाहीले बिधालय अनुगमन न हुदा प्राय जसो ग्रामिणभेगमा रहेका दर्जनौ सामुदायिक बिधालय हरुको दुरदसा भएको छ। बिधालय निरिक्षकहरु घरमै बसि आफ्नो काममा ब्यस्त रहेका छन। बिधालय निरिक्षकहरु बिधालय अनुगमन कहिले पनि न गरेको स्थानिय साहले बताएका छन।

Back to top