×

वीरगन्ज २३ असार राष्ट्रिय जनता पार्टीकाे निर्वाचन आयोगमा दल दर्ता भएकाे छ । दुई नेताबीच भएको विवादका कारण बुधबार हुने भनिएको पार्टी दर्ता अाज भएकाे राष्ट्रिय जनता पार्टीका महामन्त्री जितेन्द्र साेनलले यात्रा डेलीलाई बताएका छन । राष्ट्रिय जनता पार्टीकाे निर्वाचन आयोगमा दल दर्ता न.८३६६ रहेकाे साेनलले बताएका छन । महेन्द्र यादवले एकीकृत पार्टीको विधानमा स्व.गजेन्द्रनारायण सिंह र बाबराम जनम तिवारीको नाम राख्न बिसयमा भएकाे विवाद टुगाेलागी अाज दल दर्ता भएकाे छ ।

बुधबारको बैठकमा पनि यादवले स्व.सिंहको र स्व.तिवारीको नाम राख्न इन्कार गरेपछि अनिल झा आक्रमक बनेका थिए । नेता झाले मधेश केन्द्रीत पार्टीले गजेन्द्रनारायण सिंहको मूल्य मान्यता विर्सना नहुने बताउँदै स्व.सिंह र स्व.तिवारीको नाम पार्टीको विधानमा राख्नै पर्ने अडान लिएका थिए ।

यसअघिको बैठकमा पनि यस विषयमा विवाद हुँदै आएको थियो । जसकारण पार्टी एकीकृत भएपनि निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

Back to top