×

वीरगन्ज, २३ असार । देषिलाई कार्यवाही नगरी पिडितलाई नै पिडा थप्ने कार्य जिसिअले गर्ने थालेपछि वीरगन्जको सुन्दरमल रामकुमार माध्यमिक विद्यलायमा तनाव सिर्जना भएको छ । विद्यलायका एक शिक्षकलाई कालोमोसो दल्ने कार्यमा संलग्न रहेको दोषी शिक्षकलाई बचाउने दाउमा जिसिअ बरखु रजक लागेपछि विद्यलायमा तनाव सिर्जना भएको हो ।

६ दिन देखी विद्यालय बन्द भएपनि बन्द विद्यालयलाई खुलाउन सम्बन्धित निकायले कुनै पहल नगरेको अभिभावकहरुले गुनासो गरेका छन् । शिक्षकहरुको आन्तरिक राजनीतिकको मारमा विद्यार्थी परेपनि जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालय मुकदर्शक बनेको अभिभावकहरुले आरोप लगाएका छन् ।

असार १५ गते विद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारीको संयुक्त बैठकले असार १८ गते देखी श्रावण ५ गते सम्म वर्षे विदा दिने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा सोही विद्यालयका माओवादी सर्मथक शिक्षकहरुको एउटा सानो समुहले विद्यार्थीहरुलाई उस्काएर सडकमा बस्न लगाई घटनालाई अतिरंजीत गरेको र सो बखत विद्यालयमै कार्यरत एक अर्का शिक्षकलाई कालो मोसो दलेर सार्वजनिक वेइज्जती गरेपछि विद्यालयमा तनाव उत्पन्न भएको थियो ।

दोषीलाई कार्यवाही नगरेसम्म विद्यालय बन्द गर्ने विद्यालयमा कार्यरत २६ जना शिक्षकहरुको बैठकले निर्णय गरेका थिए ।

कालोमोसो दल्नेहरुलाई कार्यवाही गर्ने तर्फ जिसिअ बरखु प्रसाद रजकले चासो नदेखाएर उल्टै सो विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कु“वरलाई स्पष्टीकरण काटेर आगोमा घ्यु हाल्ने काम गरेका छन् । यसै गरी माल कमाउने धन्धामा सधै अग्रसर रहने जिशिअ रजकले जिल्लामा रहेको डेढदर्जन शिक्षकको सरुवागरी लाखौंको भष्टाचार गरेको जिल्ला शिक्षा कार्यालयकै कर्मचारीहरुले बताएका छन् । श्रोतले दिएको जानकारी अनुसार सुरुवा भई आएको एक महिना नवित्दै जिसिअ रजख कमाउ धन्दामा लागि परेका छन् ।

Back to top