×

वीरगन्ज २१ असार असार राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)का नेताहरूले झण्डै दुई घण्टा भारतीय राजदूतसँग छलफल गरेका छन्। भारतीय राजदूतलाई भेट्न राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव मंगलबार साँझ लैनचौरस्थित दूतावास पुगेका थिए। भेटमा भारतीय राजदूत मन्जिवसिंह पुरीले तेस्रो चरणको निर्वाचनको लागि दल दर्ता गर्न अाग्रह गरेका थिए। छलफलमा देउवा सरकारलाई दिएको समर्थन फिर्ता नगर्न समेत राजदूत पुरीले सुझाव दिएको राजपा स्रोतले बतायो।

Back to top