×

वीरगन्ज २१ असार सीमावर्ती भारतीय शहर रक्सौलको कैम्ब्रिज पब्लिक स्कूलमा सोमवार बिहान १०.३० बजे भएको गोलीकाण्डका आरोपितमध्ये रक्सौल प्रहरीले आज एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रक्सौल नागा रोड निवासी कोचिङ्ग सञ्चालक बिटु सिंह भन्ने गौरव सुमनलाई भारतीय प्रहरीले पक्राउ गरेको सूचना प्राप्त भएको छ । पक्राउ परेका सिंहलाई आवश्यक कारबाईका लागि मोतीहारी जेल पठाएको रक्सौलका डिएसपी राकेश कुमारले जानकारी दिएका छन् । फोन सम्पर्कमा कुरा गर्दै डिएसपी राकेश कुमारले पक्राउ परेका सिंहले घटनामा सुराकीको काम गरेको बताए । सिंहले घटनाको दिन प्रहरीको गतिविधिबारे अपराधी समूहलाई जानकारी दिएको उनले बताए । पक्राउ परेका सिंहले दिएको बयान अनुसार रक्सौलस्थित जिडिएस स्कूलका प्रबन्धक बिजुली सिंहको आदेशमा घटना घटाएको डिएसपी राकेश कुमारले बताए । भारतीय प्रहरीका अनुसार व्यावसायिक प्रतिस्पर्धाको कारण विद्यालयमा घटना घटेको जनाएका छन् । घटनामा संलग्न जिडीएसका सञ्चालक सिंहलगायत अन्यको पहिचान भइसकेको उनीहरू हाल वीरगन्जमा लुकेकाे भारतिय प्रहरी श्राेत्रले जनाएको छ ।

Back to top