बालश्रम तथा बाल संरक्षण सम्बन्धि प्रअहरुलाई अभिमुखिकरण

200




वीरगंज २१ असार, दिव्य युवा क्लब बिरञ्चीबर्वा पर्साको आयोजनामा आज बालश्रम तथा बाल संरक्षण सम्बन्धि प्रअहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका र युनिसेफ नेपालको सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले बालबालिकाहरुले पढन पाउनु पर्ने अधिकारको सुनिश्चित्ता गर्नु पर्नेमा जोड दिनु भयो । पर्सा जिल्लामा विद्यालयमा विद्यार्थी भर्ना अभियान संचालनको समयमा शत प्रतिशत भर्ना भए पनि पछि विभिन्न कारणले पढाई ड्रप आउट गर्नेहरुको संख्या पनि बढदै आएको बताउनु हुदै बालबालिकाहरुको अधिकार सम्बन्धि रहेका सूचकहरुलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो । खास गरी होटल, लज, कारखाना, गैरेजहरुमा बालश्रम भइरहेको बताउनु हुदै बालश्रम उन्मुलनको लागि सबै सरोकारवाला, राजनीतिक दल, सञ्चारकर्मी, सचेत वर्गले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नलाई आग्रह गर्नु भएको थियो ।
दिव्य युवा क्लबका कार्यक्रम संयोजक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास महाशाखाका मुकेश गुप्ता, सामाजिक अभियानता प्रकाश थारु, सञ्चारकर्मी सुरेश बिडारी, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह लगायतकाले बालअधिकार सुनिश्चित गर्नु पर्नेमा जोड दिएका थिए ।

Comments

comments