×

बारा २० असार अबैध लागु औषध गाँजाको धुलो सहित प्रहरीले बाराको सिमराबाट ४ जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट वीरगञ्ज तर्फ लैजान लागेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका ३ सिमरा बजनीबाट प्रहरीले उनीहरुलाई असार १७ गते पक्राउ गरेको हो । ४ दिन अघिनै पक्राउ गरेपनि प्रहरीले उनीहरुको बारेमा मंगलबार सम्म पनि सार्वजनीक जानकारी गराएको छैन ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ७ बस्ने चन्द्रबहादुर थिङ्ग, सानुमाईला चेपाङ्ग, कैलाश गाउँपालिका ३ बस्ने राज चेपाङ्ग र ज्ञानकुमार चेपाङ्ग रहेका छन् ।

उनीहरुलाई सिमराका बजनीका स्थानीयले पक्राउ गरि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव नीरिक्षक कैलाश चौधरीले पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको र अवैध लागु औषध गाँजाको कारोवारमा संलग्न अन्य ब्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुका बारेमा सार्वजनीक जानकारी नगराईएको उनले बताए ।

Back to top