×

मुम्बई २० आषाढ नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका सद्भावनादूत अशोककुमार वैधले भारतको मुम्बई नगर निगमका महापौर विश्वनाथ महादेशवरसँग उहाँकै कार्यकक्षमा भेटघाट गरेको छ । भेटघाटका क्रममा वीरगञ्ज महानगरपालिका र मुम्बई नगर निगमबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा छलफल भयो ।

मञ्चका केन्द्रीय अध्यक्ष तथा वीमनपाका सद्भावनादूत वैधले वीरगञ्ज महानगरपालिका र मुम्बई नगर निगमबीच सम्बन्ध स्थापित भएमा दुवै नगरबीच सहयोग आदान प्रदान भई नगरहरुको विकासमा सहयोग हुने बताउनुहुँदै वीरगञ्ज नगरलाई समेत विकसित तुल्याउन आवश्यक सहयोगको लागि आग्रह गर्नुभयो ।

मुम्बई नगर निगमका महापौर महादेशवरले निकट भविष्यमा नै वीरगञ्ज नगरको भ्रमण गर्ने बताउनुहँदै वीरगञ्जलाई व्यवस्थित, सफा, सुन्दर, आकर्षक शहरको रुपमा विकसित गर्नको लागि आवश्यक सहयोग प्रदान गर्ने आश्वासन पनि दिनुभयो । वैध वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ ।

Back to top