×

बारा २० असार जीतपुर–सिमरा उमनपाको केन्द्रबिन्दु जीतपुरस्थित श्रीसिया खोलाको रातो पुल नजिकैको सरकारी रेलवे लिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी प्लटिङ गर्ने वीरगंज निवासी जग्गा व्यवसायी ज्योतिलाल साह र सुशील चाचानविरुद्ध जीतपुर निवासी गोपाल साह कानूले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका छन ।

जाहेरी दर्ता लगत्तै शान्ति सुरक्ष्Fाको लागि जिप्रका, बारा, कलैयालाई जिल्ला प्रशासन कार्यालयले पत्र चलानी गरिएको छ भने सो जग्गाको नापनक्शा

बमोजिम छुट्याई प्रतिवेदन पेश गर्नको लागि प्राविधिक टोलीलाई कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले आदेश दिएका छन् ।

जाहेरी बमोजिम जाहेरीवाला निवेदक गोपाल साह कानूको नाममा दर्ता रहेको कि.नं. ३०० को ७ कठ्ठा ५ धुर जग्गा जबर्जस्ती ती दुईजना सँधियार व्यवसायीले दलबलसहित डोजर लगाएर सीमा अतिक्रमण गरी आप्mनो कब्जामा गरी ज्यान मार्ने धम्की दिएकोले उनीहरूविरुद्ध जाहेरी दिइएको पीडित साहले बताएका छन्।

Back to top