×

वीरगन्ज १९ असार राष्ट्रीय जनता पार्टी नेपालले मधेसी शहिदहरुको नाममा वीरगन्जका दुइ वटा सडकको नामाकरण गरेको छ ।

मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर २०७२ साल भदौ १४ गते दिलिप चौरसिया र भदौ १५ गते धर्मराज सिहको मृत्यु भएको थियो ।

शहिद चौरसियाको सम्मानमा पदम रोड देखि गण्डक सम्मको सडकलाई “सहिद दिलिप पथ“ र शहिद सिंहको सम्मानमा पदम रोड देखि रामराजा पुल हुँदै जगरनाथपुर सम्मको सडकलाई “शहिद धर्मराज पथ“नामाकरण गरिएको हो ।

वीरगन्जको राधेमाइमा आज राष्ट्रिय जनता पार्टीले आयोजना गरेको कार्यक्रममा राजपाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीले शहिदहरुको सम्मानमा दुवै सडकको नामाकरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै राजपाका नेता कुर्मीले मधेसको समाजिक, आर्थिक , सांस्कृतिक एवं राजनीतिक उत्थानसंगै समाजिक विकृती र भ्रष्टाचार निर्मुल पार्न राजपाको आगामी कार्यक्रम हुने उदघोष गर्नु भयो । मधेस आन्दोलनमा शहादत दिएका वीर शहिदहरुको बलिदानी खेर नजाने र मधेस अधिकार सम्पन्न नभए सम्म आन्दोलन जारी नै रहने उहाले बाताउनु भयो ।

बीरगन्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले शहिदहरुको सम्मानमा घोषणा गरिएको शहिद पथलाई महानगरपालिकाको परिषदबाट मुर्तरुप दिने बताउनु भयो । शहिदपथ नमाकरण समारोहमा राजपाका महासचिवद्वय शिव पटेल र कदम रसुल, सह महासचिव निजामुदिन समानी लगायतका नेताहरुले पनि मन्तव्य व्यत्तः गरेका थिए ।राजपाको वीरगन्ज नगर कार्य समितिका अध्यक्ष ओम प्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिद चौरसीयाका दाजु पृथ्वी चौरसिया र शहिद सिंहका दाजु करण सिंह राजपुतलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

Back to top