वीरगन्जबाट राहतको प्रखाईमा सप्तरी बासी ,डुबानमा पिडितको विचल्ली

1408

Share
  •  
  •  
  •  

वीरगन्ज १९ असार सप्तरीमा डुवानमा परेका प्रभावितहरुको विचल्ली भएको छ । स्थानीय खोलामा आएको बाढीले घर डुबानमा परेपछि सप्तरीबासी सुत्न पाएका छैनन ।

सप्तरीका मोहन राउतले भने ‘१६ गते आएको बाढीले हामी धेरै दुखि त छौनै तर त्यो भन्दा बडी दुखि हाम्ररा यो २ नं। प्रदेशका अन्य ७ जिल्लाका मधेशीले पनि हाम्ररो लागी केहि सहयोग गरेन्न जबकी हाम्रो २ नं। प्रदेशमा आर्थिक राजधानी भनेर चिनिने वीरगन्जबासीले पनि केहि नगरेको देख्दा हामी सारैनै निरास भएका छौ पहाडमा केहि भएमा आर्थिक राजधानी भनेर चिनिने वीरगन्जबासीले तन मन धनले सहयोग गर्छन तर मधेशमा मधेशीलाई मधेशीले सहयोग गर्दैन्न ।’बाढीले घरबार गुमाएको तीन दिन बितिसक्दा समेत प्रभावितको राहात पाउन नसकेको गुनासो गरेका छन् ।

भारतीय बाधका कारण भएको डुवान १ हजार ५ सय बढी घरमा क्षति पुगेको हो । बाढीले २ सय ३० घर बगाएको छ भने बाँकी घरमा समेत क्षति पुगेकाले स्थानीय बासीको बिचल्ली भएको हो । घर भित्र पसेको बाढीले खाद्यान्न, लत्ताकपडा लगायत सामग्रीमा समेत क्षति पुगेपछि बालबालिका, बृद्धबृद्धा, बिरामी बढी समस्यामा परेका छन ।

तस्विरहरुः शिवनारायण साह/श्यामसुन्दर यादव/बिटु मिश्र /कमल मण्डल/रमेश यादव


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here