×

वीरगन्ज १८ असार स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आइरहँदा संघीय समाजवादी फोरम नेपालको अवस्था संतोष देखिएको छैन । झन् फोरम नेपाल पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग सहकार्य गरेर चुनावमा उठेको छ । केही स्थानमा फोरमले माओवादी केन्द्र तथा अन्य पार्टीहरुसँग पनि सहकार्य गरेको छ ।

करिब एक सयभन्दा बढी स्थानको मतपरिणाम आइसक्दा पनि फोरम–नयाँ शक्तिले संतोष जनक विजय हासिल गर्न सकेको छैन । केही वडा मात्र फोरम–नयाँ शक्तिले विजय हासिल गरेको छ ।

फोरमका नेता राजेन्द्र श्रेष्ठले परिणाम संतोष जनक नभएको बताउँदै धेरै कमिकमजोरीहरु भएको बताए । उनले अव फोरम नेपाल आफ्ना माग सम्बोधनका लागि सडक आन्दोलन मै जाने बताए ।

यात्रा डेलीसंग कुराकानी गर्दै फोरम नेपालका नेता लालबाबु राउतले भने,‘हामी हाम्रो एजेण्डालाई छोडेका छैनौं । हामी आन्दोलन पनि छोडेका छैनौं । अवको आन्दोलनको विषयमा पार्टीमा छलफल भएर निर्णय हुनेछ । तर चाँडै नै हामी आन्दोलनमा जाँदैछौं ।’

तत्कालै सडक आन्दोलनमा गइहाल्लने सम्भावना नरहेको बताउँदै राउतले आफुहरुको माग सम्बोधनका लागि जे पनि गर्ने बताए । उनले आन्दोलनमा पुनः फर्किनुअघि सरोकारबालाहरुसँग छलफल हुने बताए ।दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मत परिणाम बारे राउतले आफुहरुको मत परिणाम संतोष जनक रहेको बताउँदै आफुहरुको संगठन भएको ठाउँमा आफुहरुले जितेको दावी गरे ।उनले मधेशवादी दलहरु मिलेर निर्वाचनमा नजाँदा अधिकांश स्थानमा हार भएको बताउँदै राजपालाई इकिंत गर्दैसंगै मिलेर निर्वाचनमा गएको अवस्थामा राम्रो हुने बताए । फोरम नेपालले बाँकेको नैनापुर गाउँपालिकामा विजय हासिल गरेको छ । कपिलबस्तुको मायादेवी गाउँपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकामा फोरम आइतबार विहानसम्म अगाडि रहेको थियो ।

असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ।प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो।विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने बाँकीको आउने क्रम जारी छ।

हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्।

एमाले

  1. डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
  2. बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
  3. बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
  4. खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
  5. बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
  6. बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
  7. बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
  8. ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
  9. भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
  10. दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
  11. बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
  12. बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
  13. उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
  14. नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
  15. दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
  16. बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
  17. धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः मनोज राई
  18. भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
  19. पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
  20. पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
  21. संखुवासभा, मादी नगरपालिकाः विदुर लिन्थेप
  22. भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
  23. डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
  24. पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
  25. इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
  26. भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई
  27. गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
  28. ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
  29. डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी
  30. सोलुखुम्बु, दूधकोशी गाउँपालिकाः बुद्धिकिरण राई
  31. धनकुटा, पाख्रिबास नगरपालिकाः विर्षबहादुर राई
  32. खोटाङ, लामिडाँडा गाउँपालिकाः लीलानाथ निरौला
  33. पाँचथर, कुम्मायक गाउँपालिकाः जयबहादुर चेम्जोङ
  34. गुल्मी, रुरू गाउँपालिकाः नीलकण्ड गौतम
  35. सोलुखुम्बु, सोताङ गाउँपालिकाः वीरबहादुर नाछिरीङ
  36. बाजुरा, स्वामीकार्तिक गाउँपालिकाः चिरन्जीवी शाही
  37. धनकुटा, छथर जोरपाटीः शेरबहादुर लिम्बू
  38. तेह्रथुम, मेन्छयायम गाउँपालिकाः यादव बहादुर खापुङ
  39. दार्चुला, नौगाड गाउँपालिकाः प्रेमसिंह धामी
  40. रोल्पा, त्रिवेणी गाउँपालिकाः शान्तकुमार ओली
  41. पाल्पा, निस्दी गाउँपालिकाः मुक्तबहादुर सारू
  42. उदयपुर, ताप्ली गाउँपालिकाः उद्धवसिंह थापा
  43. प्यूठान, सरुमारानी गाउँपालिकाः झगवहादुर विक
  44. धनकुटा, चौबिसे गाउँपालिकाः खजिन्द्र राई
  45. कैलाली, चुरे गाउँपालिकाः धनबहादुर रोक्का मगर
  46. तेह्रथुम, छथर गाउँपालिकाः सन्तवीर लिम्बु
  47. उदयपुर ,उदयपुरगढी गाउँपालिका: मानबहादुर केप्छाकी मगर
  48. , सायल गाउँपालिका : तेजबहादुर डुम्रेल
  49. इलाम, चुडोटीलाचुली गाउँपालिका : प्रदिपचन्द्र राई
  50. पाल्पा, रम्भा गाउँपालिका: विष्णुप्रसाद भण्डारी
  51. गुल्मी, मुसिकोट नगरपालिकाःसोमनाथ सापकोटा
  52. उदयपुर,राैतामाई गाउँपालिका: गजेन्द्रवहादुर खड्का
  53. धनकुटा,धनकुटा नगरपालिका: चिन्तन तामाङ
  54. बझाङ, जयपृथ्वी नगरपालिका: वीरेन्द्र खड्का
  55. खोटाङ, केपिलासगढी गाउँपालिका:कृष्णकुमार राई
  56. प्युठान, माण्डवी गाउँपालिका: श्रीधर रोक्का
  57. तेह्रथुम, आठराई गाउँपालिकाः बिष्णुक्रिम बुढा
  58. तेह्रथुमः फेदाप गाउँपालिकाः हरिप्रसाद चोङवाङ लिम्बू
  59. डोटी,आदर्श गाउँपालिकाःटेकबहादुर रोकाया
  60. दाङ, गढवा गाउँपालिका :सहजराम यादव
  61. पाल्पा, रिब्दीकोट गाउँपालिका: नारायण बहादुर जिसी
  62. कैलाली, मोहन्याल गाउँपालिकाःनवलसिंह रावल
  63. तेह्रथुम,म्याङलुङ नगरपालिकाः सन्जय तुम्बाहम्फे
  64. धनकुटा, साँगुरीगढी गाउँपालिकाः कुमारजंग याख्खा
  65. बझाङ, केदारस्यूँ गाउँपालिकाः इन्द्रवहादुर भण्डारी
  66. सोलुखुम्बु, खुम्बु पासाङ्गल्हामु गाउँपालिकाः निमदोर्जी शेर्पा
  67. ताप्लेजुङ ,याङ्वरक गाउँपालिकाः केशर म्याङ्बो
  68. गुल्मी , छत्रकोट गाउँपालिकाः मधुकृष्ण पन्थ
  69. गुल्मी,मालिका गाउँपालिकाः रितबहादुर थापा
  70. डोटी, दिपायल सिलगढी नगरपालिकाः मञ्जु मलासी
  71. पाल्पा,तानसेन नगरपालिकाः अशोक शाही
  72. ओखलढुंगाःसिद्धिचरण नगरपालिकाःमोहनकुमार श्रेष्ठ
  73. डोटी, जोरायल गाउँपालिकाः दुर्गा ओझा
  74. बैतडी,डीलासैनी गाउँपालिकाःउकेन्द्र बोहरा
  75. धनकुटा,महालक्ष्मी नगरपालिकाःपर्शुराम नेपाल
  76. प्यूठान, स्वर्गद्वारी नगरपालिकाः नेत्रबहादुर रोकाय
  77. रुपन्देही, सैनामैना नगरपालिकाःचित्रबहादुर कार्की (केसी)
  78. सोलुखुम्बु,नेचा सल्यान गाउँपालिकाःडुफकुमार बास्तोला
  79. दाङ,दंगीशरण गाउँपालिकाः भागिराम चौधरी
  80. इलाम,माइजोगमाई गाउँपालिकाः जितबहादुर राई
  81. खोटाङ,रुपाकोट मझुवागढी नगरपालिकाः दीपनारायण रिजाल
  82. संखुवासभा, मकालु गाउँपालिकाःखड्गबहादुर कटुवाल
  83. अछाम, मँगलसेन नगरपालिकाःपदम बोहरा
  84. स‌ंखुवासभा,खाँदबारी नगरपालिकाः मुरारीप्रसाद खतिवडा
  85. ताप्लेजुङ, फुङलिङ नगरपालिकाः छत्रपति प्याकुरेल
  86. संखुवासभा,चैनपुर नगरपालिकाः भरत खत्री
  87. रुपन्देही : कञ्चन गाउँपालिका : गाेकर्ण बहादुर क्षेत्री

कांग्रेस

  1. बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
  2. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
  3. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
  4. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
  5. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
  6. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
  7. गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
  8. डडेलधुरा, नामः भागेश्वर गाउँपालिकाः कौशिला भट्ट
  9. डडेलधुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
  10. डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
  11. डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल
  12. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
  13. खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
  14. नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
  15. ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
  16. गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
  17. पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
  18. बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
  19. डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
  20. भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले
  21. ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
  22. बैतडी, दशरथ चन्द नगरपालिका: नरेन्द्रसिंह थापा
  23. बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट
  24. भोजपुर, अरुण गाउँपालिकाः गजेन्द्रबहादुर कार्की
  25. दार्चुला, मालिकार्जुन गाउँपालिकाः नरेन्द्र सिंह धामी
  26. अछाम, कमलबजार नगरपालिकाः ओमप्रकाश विष्ट
  27. खोटाङ, दिप्रुङ गाउँपालिकाः भूपेन्द्र राई
  28. दार्चुला, शैल्यशिखर नगरपालिकाः अमरसिंह धामी
  29. बाजुरा, त्रिवेणी नगरपालिकाः रामसिंह रावल
  30. बझाङ, सुर्मा गाउँपालिकाः नरबहादुर बोहोरा
  31. संखुवासभा, भोटेखोला गाउँपालिकाः पेम्बा भोटे
  32. दाङ, राजपुर गाउँपालिकाः लोकराज केसी
  33. पाल्पा, माथागढी गाउँपालिकाः सन्तोस कुमार थापा
  34. बैतडी, शिवनाथ गाउँपालिकाः कर्णसिंह साउद
  35. अर्घाखाँची, छत्रदेव गाउँपालिकाः लेखनाथ पोखरेल
  36. कैलाली, जोशीपुर गाउँपालिकाः राम कृष्ण चौधरी
  37. नवलपरासी ,सुनवल नगरपालिका :भीमबहादुर थापा
  38. राेल्पा,लुङग्री गाउँपालिका :दुर्गाबहादुर खड्का
  39. बाँके, डुुडुवा गाउँपालिका : नरेन्द्र चौधरी
  40. बर्दिया, गुलरिया नगरपालिका :मुक्तिनाथ यादव
  41. गुल्मी,सत्यवती गाउँपालिकाः पारिश्रर ढकाल
  42. अर्घाखाँची, शितगंगा नगरपालिकामा: सूर्य अधिकारी
  43. बैतडी, मेलौली नगरपालिकाः कृष्णसिह नायक
  44. प्यूठान, एेरावती गाउँपालिकाः नबिलबिक्रम शाह
  45. दार्चुला,दुहुँ गाउँपालिकाः पुलेन्द्रवहादुर कार्की
  46. बाजुरा, बुढीगंगा नगरपालिकाःदिपकविक्रम शाह
  47. अछाम, ढकारी गाउँपालिकामाः धनबहादुर बुढा
  48. पाल्पा, रैनादेवी छहरा गाउँपालिकाःरामबहादुर कार्की
  49. बझाङ, खप्तडछान्ना गाउँपालिकाः बर्कबहादुर रोका
  50. तेह्रथुम, लालीगुराँस नगरपालिकाःअर्जुन माबोहाङ
  51. बैतडी, पाटन नगरपालिकाःकेशवबहादुर चन्द
  52. अछाम, बान्नीगढी जयगढ गाउँपालिकाःराजेन्द्र बहादुर खड्का
  53. बैतडी, सिगास गाउँपालिकाः हरिसिंह धामी
  54. डडेलधुरा, परशुराम नगरपालिकाःभीमबहादुर साउद
  55. सोलुखुम्बु,सोलु दूधकुण्ड नगरपालिकाः नाम्गेल जाङ्गबु शेर्पा
  56. पाँचथर, फालेलुंग गाउँपालिकाःसञ्चकुमार केरुङ्
  57. प्यूठान, गाैमुखी गाउँपालिकाःविष्णुकुमार गिरी
  58. डोटी,शिखर नगरपालिकाः सीताराम जोशी
  59. भोजपुर,साल्पासिलिछो गाउँपालिकाः महेश राई
  60. इलाम, माङसेबुङ गाउँपालिकाःडिकेन्द्र इदिङ्गो
  61. बाँके,राप्तीसोनारी गाउँपालिकाः लाहुराम थारु
  62. संखुवासभा, पाँचखपन नगरपालिकाःविपिन राई
  63. अछाम, प‌ंचदेवल विनायक नगरपालिकाः देवराज देवकोटा
  64. संखुवासभा,धर्मादेवी नगरपालिकाः रमेश जिमी
  65. खोटाङ,बराहपोखरी गाउँपालिकाः शालिकराम बञ्जारा
  66. कन्चनपुर, महाकाली नगरपालिकाः वीरवहादुर सुनार
  67. प्यूठान : नौवहिनी गाउँपालिका : शिव रिजाल

माओवादी

  1. सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
  2. सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
  3. दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
  4. रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
  5. रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
  6. रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
  7. डडेलधुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
  8. डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
  9. रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
  10. कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
  11. रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
  12. रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी
  13. भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई
  14. खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का
  15. ओखलढुंगा, चिशंखुगढी गाउँपालिकाः निशान्त शर्मा
  16. दार्चुला, मार्मा गाउँपालिकाः जमनसिंह धामी
  17. रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी
  18. गुल्मी, धुर्कोट गाउँपालिका :भुपाल पोखरेल
  19. रोल्पा, माडी गाउँपालिका : नन्द बहादुर पुन
  20. अछाम, मेल्लेख गाउँपालिका: लाेकबहादुर बाेहरा
  21. उदयपुर: सुनकाेशी गाउँपालिका: मेजरकुमार राई
  22. राेल्पा, राेल्पा नगरपालिका: पुर्ण केसी
  23. पाँचथर, मिक्लाजुङ गाउँपालिकाःअमरराज माखिम
  24. नवलपरासी, पाल्हीनन्दन गाउँपालिकाः विजयी दीपक गुप्ता
  25. राेल्पा,सुवर्णावती गाउँपालिका :गुणेन्द्र घर्ती

राजमोः

  1. राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना
  2. राष्ट्रिय जनमोर्चाः प्यूठान, झिमरूक गाउँपालिकाः तिलक बहादुर जिसी

अन्यः

  1. संघीय समाजवादी फोरमः बाँके, नरैनापुर गाउँपालिकाः इश्तियाक अहमद साह
  2. फोरम लोकतान्त्रिकःनवलपरासी,सरावल गाउँपालिकामाः राधेश्याम चौधरी
Back to top