×

वीरगंज, असार १७ - लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा मेगा बैंक वीरगंज शाखाको सहयोगमा आज वीरगंजमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ । 'सके सफा गरौँ, नसके फोहर नगरौं' भन्ने नारा सहित बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको क्लबकि अध्यक्ष बिजया ओझैयाले जानकारी दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकृत केशव राज घिमिरेको प्रमुख अतिथित्वमा सम्पन्ना उक्त कार्यक्रममा वीरगंज, जितपुरका लिओ र लायन्स क्लबको संयुक्त सहकार्यमा वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रांगण सरसफाई गरिएको थियो । सरसफाई पश्चात लायन्स क्लब वीरगंज सेन्ट्रल सिटिको टोलीले सरसफाईका लागि आवश्यक पर्ने सामग्री हरु पनि अस्पताललाई सहयोग गरेको थियो ।

प्रमुख अतिथि केशवराज घिमिरेले लायन्स क्लबले निरन्तर रुपमा गर्ने सामाजिक कार्यहरुको प्रंशसा गर्दै, लायन्स क्लबले सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा विशिष्ठ अतिथि मेगा बैंक वीरगंजका शाखा प्रबन्धक दिपक श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले आ–आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु, रिजन चेयर पर्सन लायन प्रजय हरलालका, जोन चेयर पर्सनहरु लायन रेखा बैद्य, लायन बासु तिमिल्सिना, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी प्रथम उपाध्यक्ष गुड्डी जोशी, कोषाध्यक्ष सपना मित्तल, लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन रिकेश साह, लियो क्लबका तर्फबाट लियो सरिता खडका, हिमान्सु वर्णवाल, शशिकान्त सर्राफ, सन्दिप कुमार पण्डित, विकेश यादव लगायत लायन्स क्लबका अन्य सदस्यहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रम संचालिका लायन आश्मा सिंह यादवले बताउनु भयो ।

वीरगंजमा दिन प्रति दिन बढ्दै गएको फोहरलाइ नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउंदै क्लबकि अध्यक्ष ओझैयाले हामीले आफै पनि सकेसम्म कम फोहर उत्पादन गर्ने र भएको खण्डमा व्यवस्थापन गर्नु पर्ने धारणा राख्नु भयो । त्यसैगरि लिओ एरिया १ का संयोजक हिमांशु बर्नवालले सफा वातावरणमा बाच्नु हाम्रो मौलिक अधिकार रहेको बताए र स्थानीय अधिकारीहरूलाइ पनि सरसफाईको विषयमा आफ्नो कर्तब्य निष्पक्ष रुपले निर्वाहा गर्न आग्रह गरे । त्यस्तै लियो क्लब सेन्ट्रल सिटिका निवर्तमान अध्यक्ष शशिकान्त सर्राफले सरसफाइको मामिलामा स्थानीय बासिन्दा मात्रै स्वयं सचेत भए यस्ता कार्यक्रमको आवश्यकता समेत नपर्ने बताए ।

लायन्स क्लब सेन्ट्रल सिटि र मेगा बैंकले पहिला पनि यस्ता सामाजिक जनचेतनामुलक र परिवर्तनमुलक कार्यक्रमहरु गर्दै आएको छ र भविष्यमा पनि गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

Back to top