×

वीरगन्ज १६ असार पब्लिक फिटनेश सेन्टरले शुक्रबार एक कार्यक्रमका बिच आफना फिटनेश सेन्टरका युवाहरु लाई सम्मान गरेको छ । पब्लिक फिटनेश सेन्टरका युवालाई विजय सरावगीको अध्यक्षतामा सम्मान गरिएको हो ।

पब्लिक फिटनेश सेन्टरका नं. १ युवा कुन्दन सिंह र १०० नं. का अकाश सिहले उत्कृष्ट युवा भएकाले एक कार्यक्रम बिच विजय सरावगीले सम्मान गरेका हुन ।

हाल पब्लिक फिटनेश सेन्टरमा १ सय चालिस जना युवा दैनिकी ब्याम गरिरहेका छन । पब्लिक फिटनेश सेन्टरको सदस्य १ नं. युवा र १०० नं. युवा भएकोले उनिहरुलाई सम्मान गरिएको हो ।

पब्लिक फिटनेश सेन्टरलको सम्मान कार्यक्रममा विजय सरावगीले प्रभावकारी शरिरका लागि बयाम आवश्यक रहेकोे बताउनुभयो ।

पब्लिक फिटनेश सेन्टरका संचालक करण यादवक,पलबी अग्रवाल,विनय यादव,गोविन्द यादव,राम सर्राफ,रितेश त्रिपाठी लगायतकाको उपस्थिती थियो ।

Back to top