×

वीरगंज, १६ असार । किक्रेट सट्टाबाजीको दुनियामा शुशिल सर्राफको नाउँ चम्कीन थालेको छ ।

सुरु सुरुमा आफु स्वयम सट्टा खेल्ने गरेका सर्राफ अहिले आएर सट्टाबाजीको बादशाह भएका छन ।

केहि समय पहिले वीरगन्जमा किक्रेट सट्टा बाजीको ( जुवा ) खेलाउन नाम ब्रिजबिहारी, बुला, उमाशंकर रहे पनि अहिले उनिहरु यहाबाट पलायन भएपछि तिनीहरुको बागडोर अहिले सर्राफले सम्हालेका छन् ।

वीरगंजका धनाढय र उनका छोरा छोरीले पनि किक्रेटमा सट्टा लगाउने सौकिन भएकोले हालैसम्पन्न च्याम्पियन्स किक्रेट ट्रफीमा मात्र शुशीलले ५० लाख भन्दा बढि कमाएको चर्चा छ ।

केहि वर्ष अगाडी भाडामा बस्दै आएका सर्राफ रेसमकोठीमा सानदार घर बनाएका छन ।

जिल्ला प्रहरी कार्यालयवाट खटिने घुमुवा प्रहरी र टाईगर मोबाईल टोली मार्फत प्रहरी प्रशासनलाई मासिक नजराना दिदै आएका सर्राफले , आफना ईष्टमित्र समक्ष आफुले सबै तिर मैनेज गरेको ले कसैले लेख्दैमा केहि फरक नपर्ने डिड्ड हाक्दै हिडछन ।

अहिले वेस्टइन्डिजमा जारी भारत र वेस्टइन्डिजमा चलिरहेको एक दिवसीय म्याचमा पनि वीरगन्जको सट्टा बजार तातेको छ ।

Back to top