×

वीरगंज, असार १५ - वीरगंजका रोमान्टिक गायन क्षेत्रका अर्का प्रतिभाशाली गायक अनुप तिवारीको नयाँ गीत सानी नानीको भिडियो प्रिमियरका लागि तयार भएको छ ।

नायक अशोक आरयन यादवको निर्देशनमा रहेको सो म्युजिक भिडियोको अडियो यस अघि नै सार्वजनिक भईसकेको छ । विगतमा भिडियोमा अभिनय मात्र गर्दै आएका नायक यादवले यसपालि निर्देशनमा पनि हात हालेका छन् । सह निर्देशकमा अचित श्रेष्ठ रहेका छन् भने क्यामरा र एडिटिङ्ग रन्धिर श्रेष्ठले सम्हालेका छन् ।

यसैगरि भिडियोमा चर्चित नायक अशोक आरयान यादव र दिपिका शर्माको अभिनय रहेको छ । पुर्ण रुपमा डान्सिङ्ग ट्रयाक रहेकोले यसपालि दि एट्थ काउन्ट डान्स क्लबको डान्सिङ्ग क्रिउलाई सामेल गरिएको छ । सो क्रिउलाई वीरगञ्जको डान्सीङ्गमा प्रसिद्ध नाम प्रमोद महतोले कोरियोगा्रफ गरेका छन् । यसैगरि मेक अपमा दिव्या श्रेष्ठ रहेकी छिन् । सन्तोष रोकायाको शब्दमा रहेको गीत सानी नानीको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने सो गीतमा स्वर अनुप तिवारीले दिएका छन् ।

रोमान्स् र लभ जेनरमा मात्र गीत गाएका गायक तिवारीले पहिलोपल्ट डान्सिङ्ग नम्बरमा स्वर दिएका छन् । यसबाट उनी प्रति आउने दर्शक श्रोताको प्रतिक्रिया हेर्न अझै पनि बाँकी नै छ । भिडियोको प्रिमियर शुक्रबार गरिने गायक तिवारीले बताएका छन् ।

Back to top