विभिन्न पार्टी परित्याग गरि सयौ जना नेता र कार्यकर्ताहरू फाेरममा छिरे

561

Share
  •  
  •  
  •  

वीरगंज १४ असार  पर्सामा विभिन्न पार्टी परित्याग गरि सयौ जना नेता र कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालले पर्सा गढ़ी गाउँपालिकाको हरपुर वडा कमिटीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकप माओवादी (क्रान्तिकारी ) जिल्ला सदस्य एवम क्षेत्र न ३ का ईन्चार्ज पन्नालाल पटेल, जिल्ला सदस्य जोखुराम, राजपा बघबाना गाउँ कमिटीका अधयक्ष बृजलाल पटेल, नेपाली काँग्रेस हरपुर गाउँ कमिटी सदस्य बिजय दास, धनसुन्दर राउत, श्रीमती प्रफुल्ल देबी, रामरती मण्डल, पासपत पँजियार लगायत सयौ फोरम नेपालमा प्रबेश गरेका छन ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन लाल चौधरीले मधेसी थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत शोषित उत्पिडित समुदायको रक्षा फोरम नेपाले मात्र गर्न सक्ने बताए । विशिष्ट अतिथि एवम पार्टीका नेता प्रहलाद गिरीले एमाले र काँग्रेसभित्र बसेर मधेसको पक्षमा काम गर्न सक्छुँ र पार्टीले सहयोग गर्छ भन्ने कुरा त्याग गर्न सार्वजनिक अह्वान गरे । त्यसतै नेकपा एमाले परित्यागको घोषणा गरी फोरम नेपालको मञ्चमा चढेका नेता सुन्दर कुर्मीले एमालेभित्रका मधेसीहरुले भ्रम त्याग गर्नु पर्ने बताए ।
अतिथीहरु र जिल्ला अध्यक्ष प्रदिप यादवले पार्टी प्रवेस गर्नेहरुलाई अबिर तथा माला लगाएर पाटी प्रवेश गराएका थिए । फोरम नेपालका पर्सा क्षेत्र न ३ का ईन्चार्ज जितेन्द्र यादव, जिल्ला सदस्य रामबढ़ाई यादव, अशोक यादव, जितेन्द्र यादव, सल्लाहाकार समितीका पर्सा का संयोजक अधिवक्ता हरिहर साह कानु लगायतका नेताहरूको बिशेष उपिस्थी रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here