राष्ट्रिय जनता पार्टीले आव्हान गरेको बन्दले बारा, पर्सा रौतहट लगायत जनजीवन प्रभावित

2086

वीरगन्ज १४ असार राष्ट्रिय जनता पार्टीले आव्हान गरेको तराई मधेस बन्दका कारण  बुधबार विहानै देखि वीरगंज सहित बारा, पर्सा रौतहट लगायत आसपासको जनजीवन प्रभावित भएको छ ।

संविधान संसोधन हुनु पर्ने, एकै पटक ४ वटै प्रदेशमा निर्वाचन गर्नु पर्ने, जनसंख्याको आधारमा स्थानिय तहको संख्या निर्धारण गर्नु पर्ने लगायतको माग राख्दै आव्हान गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण विहानै देखि वीरगंज भित्रिने र बाहिरिने लामा तथा छोटो दुरिका सवारि साधन ठप्प रहेका छन् ।

रिक्सा, टांगा, मोटरसाईकल जस्ता साना सवारी साधन भने सन्चालनमा छन् । राजपाका कार्यकर्ताले वीरगंजको घण्टाघर, बसपार्क, नगवा, गण्डक, छपकैयाँ लगायतका क्षेत्रमा गृहमन्त्रीको पुत्ला दहन सहित टायर बालेर प्रदर्शन गरेका छन् । बन्दकर्ताहरुले मोटरसाइकल ¥यालि सहित बजार बन्द गराउँदै हिँडेका छन् ।

बन्दका कारण यातायात, बजार, शिक्षण सस्था, कलकारखाना खुल्न सकेको छैन । कक्षा ११ को परिक्षा सन्चालनमा भने आफुहरुले कुनै अवरोध नगरेको राजपाका महासचिव राजेशमान सिंहले जानकारी दिनुभयो । सरकारले २ नम्वर प्रदेशको मात्रै निर्वाचन सारेर अन्यको निर्वाचन गर्न खोज्नु मधेशीलाइ एक्ल्याउने षड्यन्त्र भएको भन्दै त्यसको विरोधमा २ नम्वर सहित अन्य प्रदेशमा समेत आइतबार बन्द गरिएको पार्टीका नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताउनुभयो ।

शान्तिपुर्ण सभा सम्मेलन गर्दा प्रहरीले नवलपरासिमा आफ्ना कार्यकर्ता माथी गोलि चलाउनु निन्दनिय रहेको बताउनुभयो । यसै विच नवलपरासिको घटनाको विरोधमा जिल्लाको विभिन्न ठाउँमा गृहमन्त्रिको पुत्ला तहन गर्दै राजपाका कार्यकर्ताले विहानै बाट प्रदर्शन गरेका छन् ।

वीरगंजको गण्डक चोक, पावरहाउ चोक, धोविनि गाउपालिकाको हरिहरपुर चोक, बहुदरामाई गाउपालिकाको पिप्रा, भौराटार, गर्दौल, पोखरीया, लंगडी, भिखमपुर, अलौ, विन्दवासिनि, बहुअरी लगायतका क्षेत्रमा प्रदर्शनकारिले टायर बालेर प्रदर्शन गरिरहेका छन् । यस्तै घटनाको विरोधमा विन्धवासिनि गाउँपालिकाको झौवागुठिमा समेत राजपाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । श्रीलाल साह मोदिको नेतृत्वमा रहेका राजपाका कार्यकर्ताले गृहमन्त्रीको राजिनामा माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेको मुकलेस गदिले जानकारी दिनुभयो । यस्तै बाराको कलैया, जितपुर, परवानिपुर, नितनपुर, लगायतका स्थानमा पनि बन्दकर्ताले टायरबालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले कलैयाको भरतचोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएको राजपाको विद्यार्थी संगठनका बारा अध्यक्ष सन्तोष यादवले जानकारी दिनुभयो । बाराको सिमरा, पथलैया, अमलेखगन्ज लगायतका क्षेत्रमा भने बन्दको प्रभाव देखिएको छैन । सो क्षत्रमा निर्वाध रुपमा सवारी सन्चालनमा रहेका छन् । उद्योग कलकारखाना, शिक्षण सस्था समेत खुलेको बारा प्रहरीले जनाएको छ ।


SHARE