एमालेबाट वीरगन्ज मेयरकाे टिकट नपाए पछि कुर्मी फोरममा छिरे

2353
Share
  •  
  •  
  •  

वीरगन्ज, १४ असार वीरगन्जमा आज पत्रकार सम्मेलन गरेर एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ल अध्यक्ष समेत रहेका कुर्मीले आजका दिन देखि नै एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि एमाले जिल्ला कार्य समिति पर्साले कुर्मीको नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो । तर दुइ साता पहिले नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक एंव नेकपा माओवादी केन्द्रका नेता बसरद्धिन अन्सारीलाइ एमालेले वीरगन्ज महानगरको मेयरमा टिकट दिने शर्तमा पार्टीमा भित्र्याए पछि रुष्ट बन्नु भएका कुर्मीले आज एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कुर्मीले तीन दशक देखि एमाले पार्टीमा आफुले दिएको योगदान र निष्ठालाइ लत्याउदै एमाले नेतृत्वले रकम लिएर नव प्रवेशीलइ वीरगन्ज महानगरको मेयरको टिकट बेच्ने निर्णय गरेपछि अब एमाले भित्र रहनुको कुनै अर्थ नभएको निष्कष्र्ष निकाल्दै आफुले एमाले परित्याग गरेको भन्दै निकट भविष्यमै आफु फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भयो ।
दोश्रो संविधानसभाको चुनाव ताका एमाले नेतृत्वले वीरगन्ज महानगरको मेयरका लागि आफुलाइ आश्वासन दिएको र त्यही बेला देखि आफुले तयारी गर्दै आफनो पक्षमा माहौल बनाइसकेको अवस्थामा अहिले आएर अन्तिम समयमा एमाले नेतृत्वले आफुलाइ धोका दिदै रकम लिएर नव्रप्रवेशलिाइ मेयरको टिकट बेचेको कुर्मीले बताउनु भयो । एमाले अहिले पुजीपति र पैसा लिएर टिकट दिने पार्टी भएको भन्दै कुर्मीले एमालेकै कारण मधेसको माग सम्बोधन हुन नसकेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्र्धीले निष्ठा र मुल्य मान्यताको राजनीति गर्ने कुर्मीलाइ पार्टीमा स्वागत गर्दै उहालाइ पार्टी नेतृत्वले उचित मुल्यांकन गर्ने बताउनु भयो । मधेस मुद्धाको समर्थनमा ढिलो चाडो सबै आउनै पर्ने भन्दै उपाध्यक्ष गद्धीले एमालेकै कारण मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताउनु भयो । उहाले मुलुकलाइ निकास दिन र मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न मधेसको मुद्धा सम्बोधन हुनै पर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले परित्याग गर फोरम नेपालमा प्रवेश गर्ने कुर्मीको निर्णयको स्वागत गर्दै पार्टीका शीर्ष नेतृत्वसंग परामर्श गरेर छिटटै कुर्मीलाइ फोरम नेपालमा प्रवेश गराउने बताउनु भयो ।
फोरम नेपाल पर्साका अध्यक्ष यादवकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय सदस्यहरु वीरेन्द्र यादव, प्रहलाद गिरी र मोहनलाल चौधरी, मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी, प्रवक्ता रामनरेश प्रसाद यादव लगायतको पनि उपस्थिती रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here