राजपाद्धारा बुधबार मधेस र थरुहट बन्दको आह्वान

3795




वीरगन्ज १३ असार  संविधान संशोधन बिना निर्वाचनमा सहभागी नहुने अडान लिएको राष्ट्रिय जनता पार्टीले दोश्रो चरणको निर्वाचन बिथोल्ने उदेश्यले बुधबार मधेस र थरुहट क्षेत्रमा बन्दको आह्वान गरेको छ ।राष्ट्रिय जनता पार्टीले बुधबारको बन्दलाइ सफल पार्न मंगलबार साँझ तराइ मधेसका जिल्लाहरुमा मशाल जुलुश प्रदर्शन गर्ने पनि जनाएको छ । यसैबिच वीरगन्जमा आज बसेको राष्ट्रिय जनता पार्टी पर्साको बैठकले ुधबारको मधेस बन्दलाइ सफल पार्न मंगलबार साँझ ६ बजे वीरगन्जमा मशाल जुलुश प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले ुधबार आह्वान गरिएको मधेस बन्दका क्रममा बजार , शिक्षण संस्था , यातायात र कलकारखाना बन्द गरेर आफुहरुको आन्दोलनलाइ सहयोग गरिदिन वीरगन्जवासीसंग आग्रह पनि गरेको छ ।

Comments

comments