वीरगन्जमा ईद पर्व धुमधामका साथ मनाईदै – फोटो फिचर सहित

470
????????????????????????????????????

प्रणय कुमार बीरगंज १२ असार पर्सा जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायहरुले आफनो महान पर्व इदुउल फित्र इदको अवसरमा शुभकामना साटासाट गर्दै बढो हर्षोउल्लासका साथ धुमधामसंग मनाइरहेका छन् ।

करिव एक महिनाको कडा ब्रतपछि आईतबार साँझ इदको चाँद हेरी आज नजिकको मस्जिद र ईदगाहमा पुगेर अल्लाहसंग आर्शिवाद माग्दै रमजान महिना सम्पन्न गरेका छन् । ईस्लाम धर्मावलम्बीहरुले विगत एक महिनादेखि दैनिक साढे १७ घण्टा निराहार ब्रत बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बस्ने गर्छन ।

करिव एक महिना अगाडी चाद हेरेर ब्रत बसेका ब्रतालुहरुले रमदान महिनाको अन्तिम दिन अर्थात हिजो साझ ईदका चाद आकाशमा हेरिसकेपछि यो ब्रत सम्पन्न गर्ने गर्छन । यसै क्रममा ब्रतालुहरु विहानै नजिकको मस्जिद र ईदगाहमा पुगी सामुहिकरुपमा नमाज पढेर अल्लाहसंग आफु वा आफनो परिवारबाट भएको सबै गल्तीको क्षमायाचना गर्दै आर्शिवाद लिन्छन् ।

ईदगाहमा दुवा मागिसकेपछि ब्रतालुहरु कब्रिस्तानमा पुगी कब्रमा दफन भएका आफना पूर्वजहरुबाट भएको गल्तीको लागि अल्लाहसंग क्षमायाचना गर्दै उनीहरुको आत्माको चिरशान्तिको लागि समेत आर्शिवाद माग्ने गर्छन् ।

बीरगंजमा बसोबास गर्ने करिव २५ हजार स्थानीय मुस्लिम समुदायले बीरगंजमा रहेका मस्जिदहरु लाठ गल्ली, छपकैया, मुर्ली, नयकाटोला, गण्डक, नगवा, लगायतका करिव २० वटा मस्जिदमा पुगी नमाज पढी दुवा मागिसकेपछि एक आपसलाई अंगालो हालेर शुभकामना आदानप्रदान गर्छन् ।

इद पर्वको लागि बीरगंजका सबै मस्जिद र ईदगाहलाई र¨रोगन गरी सजाइएको छ । आज विहानैदेखि मुस्लिम समुदायका पुरुष, महिला तथा बालबालिकाहरु राम्रा र चोखो कपडा लगाई अल्लाह र आफना ठुलाबडासंग आर्शिवाद लिने गर्छन । आजका दिन आफना सबै इष्टमित्रलाई बोलाएर इद प्रसाद स्वरुप सेवई र मिठाई खान दिने गर्छन ।

 

Comments

comments