जिल्ला अध्यक्ष यादव र प्रदेश कोषाध्यक्ष सरावगीद्धारा इदको शुभकामना व्यक्त

660

बीरगंज ,असार १२ – संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव तथा तराइ मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगीले मुस्लिम समुदायहरुले महान पर्व ‘इदुउल फित्र’ इदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

वीरगन्जको छपकैया ,मुर्ली बहुअर्वा,सुगौली विर्ता ,कटिबलुवा ,पर्सेातिपुर र नयकाटोला लगायतको ठाउहरुमा पुगी इद पर्वको अवसरमा मुस्लीम समुदायलाइ शुभकामना व्यक्त गर्दै नेता यादव तथा सरावगीले मुस्लीम समुदायले हर्षोउल्लासका साथ मनाइएको इदपर्वमा उत्रोतर प्रगतीको कामना समेत व्यक्त गरेको थिए ।

करिव एक महिनाको कडा ब्रतपछि आईतबार साँझ इदको चाँद हेरी आज नजिकको मस्जिद र ईदगाहमा पुगेर अल्लाहसंग आर्शिवाद माग्दै सम्पन्न भएको रमजान पर्वमा इदको शुभकामना व्यक्त बीरगन्जको विभिन्न टोल तथा गाउमा पुगेका नेता यादव र सरावगीलाइ छपकैयाका मुस्तुफा अन्सारी ,मुर्लीका शेख रुसतम बहुअर्वामा असलम आलम ,सुगौली विर्तामा ग्यासुदिनमिया तथा खुरमआलम र कटिबलुवाका डाक्टर ओकिलमिया इदको शुभकामना आदान प्रदान कार्यक्रममा स्वागत गर्नुको साथै इदको प्रसाद स्वरुप सेवई लगायतको मिष्ठान भोजन ग्रहण समेत गराएको थिए ।