×

रोहित बर्नवाल

राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको चुनावलाई असर पर्नेगरि आम हड्तालसहितका आन्दोलनका कार्यक्रम गत जेष्ठ २८ गते घोषणा गरेको थियो । राजपाको आन्दोलन जेष्ठ २९ गते देखि सुरु पनि भयो तर मधेसका जिल्लाहरुमा खासै असर देखाउन सकेन । अन्य जिल्लाहरुमा राजपाले आफ्नो कार्यक्रमहरु सफल पर्न नसके पछि, सधै झैँ आन्दोलनको केन्द्रबिन्दु मानिने वीरगंजलाइ राजपाले आफ्नो निसाना बनायो र वीरगंजमा आफ्नो आन्दोलन केन्द्रित गर्यो । सरकार, प्रमुख तिन दल र दोस्रो स्थानीय तहको निर्वाचनको विरोधमा गर्ने भनिएको राजपाको आन्दोलन संघिय समाजवादी फोरम नेपालको बिरोधमा देखियो ।

राजपाका सम्पूर्ण गतिविधिहरु फोरम नेपालकै बिरोधमा देखिए, फोरम नेपालको नगर कार्यालयमा तोडफोड भयो, पर्साका विभिन्न स्थानहरुमा गर्ने भनिएका फोरमका कार्यक्रमहरु बिथोलिए र पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाइयो ।

राजपा गठन हुनअघि उही उपेन्द्र यादवको नेतृत्वमा रहेको संघिय गठबन्धनका पार्टीहरुले किन आफ्नै नेतृत्वकर्ताको विरोध गरेका भनेर प्रश्न गर्दा उपेन्द्र यादवले मधेसलाइ धोका दिएर निर्वाचनमा सहभागी भएको हुनाले राजपाले उहाँ र उहाँको पार्टीको बिरोध गर्दैछ भनेर जवाफ दियो। तर यथार्थ छुट्टै थियो । अहिले संघिय समाजवादी फोरम नेपाल पर्सा जिल्लाकै शक्ति केन्द्रको रुपमा परिणत भएको छ ।

पर्साको सायदै कुनै गाउँ वा स्थान होला जहाँ संघिय समाजवादी फोरम नेपालको उपस्थिती छैन । पार्टीलाइ बलियो बनाउने संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवको अभियानले गर्दा पर्सा जिल्लाकै ठुला बडा नेता देखि व्यापारी समेत फोरम नेपालमा प्रवेश गरि सकेका छन् । आगामी स्थानीय चुनावमा फोरम नेपालले पर्साको लगभग सम्पूर्ण ठाउँहरुमा आफ्नो कब्जा जमाउने छ भनेर राजपाका नेताहरुले बुझेका थिए । चुनाव चिन्ह समेत नपाएको राजपालाइ यो कुराले चिथोर्दै थियो र संघिय समाजवादी फोरम नेपाललाइ मधेसी जनताको आँखा अगाडि खसाउन राजपाले भएभरको श्रोत र जनशक्ति प्रयोग गर्यो तर राजपाको हातमा केहि आउन सकेन ।

राजपाले अन्तिम उपायको रुपमा आन्दोलन घोषणा गर्यो र आफ्नो आन्दोलनलाइ संघिय समाजवादी फोरम नेपालको बिरोध तिर मोड्यो र आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रमहरुलाइ वीरगंजमा केन्द्रित गर्दै संघिय समाजवादी फोरम नेपाल विरोधका कार्यक्रमहरु अगाडि सार्यो ।

त्यसैविच राजपा र प्रमुख तिन दल विच असार १ गते एउटा नाटकीय सम्झौता भयो जसले मधेस आन्दोलनले संस्थागत गरेका सम्पूर्ण उपलब्धिहरुलाई ओझेलमा पर्यो । राजपाका केहि नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि सरकार संग मिलेर प्रदेश नं। २ को चुनाव सार्न लागाए र अन्य प्रदेश १, ३ र ५ मा चुनाव पूर्वघोषित मितिमै हुने अधुरो सम्झौता गरे । सम्झौता पश्चात मधेसका सम्पूर्ण जिल्लाहरुमा बुद्धिजीवी वर्ग र राजनीतिक विश्लेषक हरुले उक्त सम्झौताको चर्को विरोध गर्दै राजपाले मधेसलाइ ८ जिल्लामा सिमित गरायो भनेर बताए । तर राजपा त्यो विरोध पछि आफुले सरकार संग कुनै त्यस्तो सम्झौता नगरेको भन्दै आफ्नो आन्दोलनका कार्यक्रमहरु जारि रहेको बतायो र अर्को दिन मधेस बन्दको आह्वान गर्यो ।

बन्द वीरगंजमा प्रभावसाली हुन सकेन र राजपाले असार ३ गते आन्दोलनलाइ उग्र बनाउने र मधेस जनतालाइ पुन सहादत दिलाउने नीतिले नवलपरासीमा झडप गरायो तर त्यो पनि सफल भएन, झडपका क्रममा केहि मधेसीहरु घाइते भए र केहि दिन पछि उपचारको क्रममा एक घाइतेले आफ्नो ज्यान गुमाउनु पर्यो ।

अनि आयो मनोयन दर्ता गर्ने दिन, निर्वाचनको प्रतीक्षामा रहेका राजपाकै केहि नेता र कार्यकर्ताहरुले प्रदेश नं। १, २ र ५ मा स्वतन्त्र रुपमा आफ्नो मनोयन दर्ता गराए । राजपाले ति नेता र कार्यक्रताहरु माथि अहिले सम्म कुनै कार्यवाही गरेको छैन न ति प्रदेशहरुमा कुनै किसिमको बिरोध कार्यक्रम नै गरेको छ । मधेसलाइ खुम्च्याइ ८ जिल्लामा सिमित गर्न राजपाले अहिले झुटो नाटक गर्दै प्रदेश नं. २ का केहि जिल्लाहरुमा कार्यक्रम गर्दैं छ ।

किनभने मधेसी जनतालाइ ठग्न अहिले राजपासंग अर्को कुनै विकल्प छैन । आफ्नै नेता र कार्यकर्ताहरुले धोका दिएपछि अहिले राजपा न घरको न घाटको भएको छ । फेसबुक बाजी र सानो तिनो कार्यक्रम गर्दै राजपा अहिले स्पष्टीकरण दिंदै हिडेको छ ।

मधेसी जनतालाइ मताधिकार बाट बञ्चित गराउदैं राजपाले मधेस संग ठुलो धोका गरेको छ । उपेन्द्र यादवलाइ गालि गर्दै हिड्ने राजपाका नेता र कार्यक्रताहरु अहिले बजारमा आफ्नो मुख समेत देखाउन सकेका छैन । मधेस आन्दोलन बाट प्राप्त उपलब्धिहरुलाइ जोड्दै पहिचानको आन्दोलन संगै विकासको आन्दोलन पनि गर्ने उपेन्द्र यादवको सपनालाइ राजपाले ठुलो चोट पुर्याएको छ । संघिय समाजवादी फोरम नेपालले मधेसी जनतालाइ चुनावमा होमाएर आफ्नो मताधिकार पर्योग गरि स्थानीय तहमा शताब्दीयौंदेखि देखि एक मात्र समुदायको चल्दै आएको एकलौटी शासनको अन्त्य गर्ने मौका दिएको थियो । मधेसका गाउँ(सहर विकास गर्दै आफ्नो पहिचान र अधिकारको आन्दोलनलाइ अझै सबल रुपले गर्ने फोरम नेपाल र मधेसी जनताको सपनालाइ राजपाले टोडेको छ ।

हामीले राजपा जस्ता दोहोर चरित्रका पार्टीहरुलाइ मधेसलाई अझै बर्बाद पार्न बाट रोक्नुपर्छ र वीरगंज जस्ता सहरलाइ आन्दोलनको केन्द्रबिन्दु बन्न दिनु हुदैन । साशकवर्गको भेदभावले पहिलै देख पच्छीडिएको मधेसलाइ हामीले स्थानीय तहको निर्वाचान बाट विकासको बाटो तिर लम्काउनु पर्छ । आगामी अशोज २ गते हुन लागेको तेश्रो स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार पर्योग गर्दै सहि नेतृत्वको हाथमा आफ्नो सहर र गाउँलाइ दिनु पर्छ ।

(लेखक संघिय समाजवादी फोरम नेपालसँग आवद्ध छन् ।)

Back to top