×

वीरगन्ज ११ असार निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले आइतबार वीरगंजमा मोटरसाइकल ¥यालि प्रदर्शन गरेको छ ।

वीरगंजको घण्टाघरबाट निस्केको ¥यालिले माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगरको विभिन्न भागको परिक्रमा गरि पुनः माइस्थानमा नै आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई पार्टीका महासचिव शिव पटेल, केन्द्रिय सदस्य नेजामुदिन समानि लगायतले सम्बोधन गर्दै आफुहरुको माग पुरा नभए सम्म कुनै पनि निर्वाचनमा सहभागि नहुने बताए ।

¥यालिमा पार्टीका जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, कृष्ण पटेल, नगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । यस अघिका प्रदर्शनहरुमा उल्लेख्य मात्रामा सहभागिता जनाउने कार्यकर्ताहरु आजको ¥यालिमा भने निकै कम उपस्थित भएका थिए ।

Back to top