पर्सामा करेन्ट लागेर एक बालिकाको मृत्यु

869

चिरञ्जीवी यादव, वीरगन्ज १० असार आज बिहान करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मस्जिदमा नेवाज पढ्नको लागि राखिएको जेरनेटर बाट करेन्टलागेर पर्साको जगरनाथपुर गाउँपालिका,४ जगरनाथपुर टोल निवासी मनतब मियाको ८ बर्सिय छोरी रेसमा खातुनको मृत्यु भएको इलाका प्रहरी कर्यालय शेढवाको प्रहरी नायब निरीक्षक रामराजा पौडेलले बताउनु भएको छ । लाशको मुचुलका गरि पोस्ट मार्डमको लागि ना।उ।क्षे बिरगंजमा पठाइने जि।प्र।का पर्साले जनाएको छ।