×

वीरगंज ९ असार, सफीया नेपाल पब्लिक विद्यालय पोखरिया नगरपालिका १३ को आयोजनामा इफतारी पार्टी कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज पोखरियाको सफीया नेपाल पब्लिक विद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक एवं समाजसेवी बसरुदिन अंसारीले मुस्लिम समुदायलाई एक जुट भई अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।

मदर्सा अर्गनाइजेसन अफ नेपाल पर्साका अध्यक्ष हाजी मैनुदिन अंसारीको सभापतित्वमा भएको कार्यक्रममागणडक हस्पिटलका निर्देशक रहबर अंसारी, मुस्लिम अगुवा शशिकपुर मिया, निजामुदिन अंसारी, प्याबसन पर्साका पूर्व अध्यक्ष इमामुदिन अहमद, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्मद मिया, मुस्लिम फोरम नेपालका राष्ट्रिय अध्यक्ष मौलाना नुरुल होदा, हज कमिटिका सदस्य ग्यासुदिन ठकुराई, स्थानिय फिरोज मंसुर, मुस्तकिम अंसारी, शेख समिर, बसिर हवारी, समसुल होदा, इजराइल मिया अंसारी, अमिरमिया, जलिल मंसुर लगायत स्थानिय मुस्लिम समुदायका रोजा गर्ने सर्वसाधारणहरुले सामुहिक रुपमा इफतारी गर्नु भएको छ ।

Back to top