असोज ३ बाट मुलुक ठूलो दुर्घटनामा पर्छ – हृदय त्रिपाठी

5257

Share
  •  
  •  
  •  

असार ९,नवलरासी । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले कुनै अवरोध सिर्जना नगर्ने तय भएको छ । राजपाका बरिष्ठ नेता हृदय त्रिपाठीले कुनैपनि किशिमको अवरोध नगर्ने प्रष्ट पार्नुभएको हो ।
शुक्रबार बेलाटारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले राजापाले चुनावमा अवरोध सिर्जना नगर्ने भएकाले तराईंबाट सेना फिर्ता गर्न सरकारलाई आग्रह गर्नु भएको हो ।अरु दलका कार्यकर्तालाई पनि मतदानमा सहभागी हुने अधिकारलाई वञ्चित गर्दैनौँ । निर्वाचनको औचित्यका बारेमा जनतालाई स्पष्ट पार्दै हाम्रा कार्यकर्ता र समर्थकलाई मात्र निर्वाचन बहिष्कार गर्नुस् भनेर अनुरोध गरेका छौं,’ नेता त्रिपाठीले भन्नुभयो ।
राजपाबाहेक सबै दल चुनावमा गएको र राज्यका सबै अगं मिलेर राजपालाई एक्लो बनाएको अवस्थामा राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारले घेराबन्दीलाई उजागर गरिदिन आग्रह गर्नुभयो । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि आफूहरुले प्रकृया सुरु गरिसकेको जानकारी गराउनु भएको छ। ‘असार १४ गतेको निर्वाचन लगत्तै समर्थन फिर्ताहुन्छ उहाँले भन्नुभयो ।
नेता त्रिपाठीले भन्नुभयो असोज ३ गतेदेखि हाम्रा दिन आउँछन् ,सरकारले त्यो दिन कुरेर बसे हुन्छ । ‘असोज ३ बाट मुलुक ठूलो दुर्घटनामा पर्छ । त्यसका लागि २ नम्बर प्रदेशबाटै आन्दोलनको घोषणा हुन्छ ।’ उहाँले कस्तो आन्दोलन भन्नेबारे असोज ३ नै कुर्नुपर्ने बताउनु भएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here