×

रन्जन यादब , बारा ८ असार बाराका गढीमाई गुल्म जितपुरका मेजर राम बहादुर कार्कीले अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुरका ट्राफिक जवान ईश्वर कार्कीलाई कालर समाती बुधबार साझ हातपात गरेका छन ।

जितपुरबाट बिना हेल्मेट बा६३ प ८६४ नम्बरको टि.भिएस स्कुटीमा यात्रा गरिरहेका सिभिल ड्रेसमा गुल्मतर्फ गईरहेका मेजर कार्कीलाई ट्राफिक जवान कार्कीले ईलाका प्रहरी कार्यालय अगाडी दैनिक चेकजाचको क्रममा हाईबे भन्दा साईडमा स्कुटी लगाउन भनेका थिए । मेजर कार्कीले पब्लिक बिचमा आफुलाई स्कुटी साईड लगाउन भनेको भन्दै रिसमा चुर मेजर कार्कीले ट्राफिक जवान कार्कीलाई गालीगलौज गरी हातपात गरेका थिए ।

ट्राफिक जवान कार्कीलाई लाई हातपात गरेको देखेर ईलाका प्रहरी कार्यालय जितपुरबाटबाट छुटाउन गएका प्रहरी हवल्दार अरुण कुमार बैठालाई मेजर कार्कीले धक्का दिई हातपात गर्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरीहरु कार्बाहीको माग राखि केही बेर नाराबाजि गरेका थिए । ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरिक्षक जय कृष्ण प्रसाद कुर्मीले दुबैलाई प्रहरी चौकीमा बोलाई स्थित साम्य पारेका थिए ।

Back to top