×

वीरगंज, ८ असार वीरगंज महानगरपालिका साविक वडा नं. १९ हाल १६ मिथिला नगरमा स्थानीय शिवराउत यादवले सार्वजनिक बाटो छेकेर घर र पर्खाल बनाउन शुरु गरेकोमा स्थानीय बासीहरुले रोक लगाएका छन् । विगत २० औं वर्षदेखि सार्वजनिक सडक रहदै अँएकोमा शिवराउत यादवले करिब १० फिट बाटो अतिक्रमण गरेर घरको पिलर र पर्खाल बनाउन शुरु गरेपछि स्थानीयहरुले रोक लगाएका हुन ।

शिवराउतले आफ्नो जग्गा सडकमा परेको भन्दै नगरपालिकालाई जिल्ला अदालत पर्सामा मुद्दा दिएकोमा अदालतले सो जग्गालाई बाटो नै कायम गर्ने फैसला गरेपनि निज शिवराउतले बाटो अतिक्रमण गरी घर र पर्खाल बनाउन शुरु गरेपछि स्थानीय शिवचन्द्र राय, राजु श्रेष्ठ, दिपेन्द्र बहादुर श्रेष्ठ, राजेश बहादुर श्रेष्ठ लगायतले जिल्ला प्रशासन कार्यलय पर्सामा निर्माण कार्यमा रोक लगाउन निवेदन दिएका छन् । त्यसैगरी निर्माणकार्य रोक्न नगरपालिकामा पनि दिएको स्थानीय शिवचन्द्र रायले बताएका छन् ।

Back to top