×

वीरगन्ज ७ असार संघीय समाजवादी फोरम नेपालका प्रादेशिक कोषाध्यक्ष तथा समाजसेवी विजय सरावगीले विश्व योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै योग सेवाक्षेत्रमा सक्रिय कार्यक्रमहरुलाई निरन्तरता प्रदान गरिराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विश्वयोग दिवसको उपलक्ष्यमा एक वक्तव्य जारी गर्दै कोषाध्यक्ष सरावगीले निरोगताका लागि योग विधाको प्रबद्र्धनको प्रतिबद्धता दोह्र्याएका हुन् ।

‘योग गरौं, निरोग बनौं !’ नाराकासाँथ गत मंसिर ९ देखी १४ गतेसम्म वीरगन्जमा योग ऋषी स्वामी रामदेव जी माहराज र आचार्य बालकृष्ण ज्युको उपस्थितीमा भव्यरुपमासमपन्न पाँचदिने ‘योग विज्ञान शिविर २०७३’ को आयोजन गरिएको र आउने समयमा योगका कार्यक्रहरुको माध्यमबाट आमसमुदायलाइ सेवा गरिरहने प्रतिवद्धता उनले जनाएका छन् । वीरगन्जको आदर्शनगमा सम्पन्न भएको उक्त योग शिविरा सरावगी आयोगक समितिका संयोगक रहेर सफल गरेका थिए ।

[gallery ids="1157"]

उनले नेतृत्वदायि भुमिकामा गर्दै योगप्रेमी साँथीभाई, अग्रज तथा शुभेच्छुहरुको सहकार्यबाट नै यो सम्भव जनाएका छन् । सो शिविरमा सबै पार्टीका शीर्ष नेता तथा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत बिशिष्ठ ब्यक्तित्वहरुको भव्य सहभागीताले वीरगन्ज शिविर अवधीभर राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुमा छायि रह्यो ।

योगप्रतिको वीरगन्जवासीको उल्लासलाई योगको माध्यमले आउने दिनमा स्वस्थ्य समाज निर्माणको उदेश्यमा समाहित गराउने उदेश्य रहेको जनाएका छन् । नेता तथा समाजसेवी सरावगीले आगामी दिनमा वीरगन्जमा योगको माध्यमले सुस्वास्थ्य र सजगता बढाउन यस्ता कार्यहरु निरन्तर गरिरह्ने प्रतिबद्धता गरेका छन् ।

Back to top