×

वीरगन्ज ६ असार वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा आज संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीको आयोजनामा मुस्लिम धर्मावलम्बीहरुका लागि इफतार पाटी सम्पन्न भएको छ । रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुको लागि फोरम नेपालका नेता सरागवीले इफतार पाटीको आयोजना गर्नु भएको हो । छपकैयामा आयोजित इफतार पाटीको समन्वय स्थानीय मन्सुर अन्सारी , शेख समीर र शेख जलसुद्धिनले गर्नु भएको थियो । त्यस अवसरमा छपकैया र आसपासका गरि एक हजार भन्दा बढि मुस्लिम धर्मावलम्बीहरु सहभागी भएका थिए । इफतार पार्टीमा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष सरावगीका साथै केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धी , जिल्ला अध्यक्ष प्रदीप यादव , युवा फोरमका जिल्ला कोषाध्यक्ष अस्लम आलम लगायतको उपस्थिती रहेको थियो ।

Back to top