राजपा , काँग्रेस एमालेको चङगुलमा फस्यो – फोरम नेपाल

2294

वीरगन्ज, ६ असार ः संघीय समाजवादी फोरम नेपालका नेताहरुले काँग्रेस एमालेको चङगुलमा राष्ट्रिय जनता पार्टी फसेको आरोप लगाएका छन् ।
वीरगन्जको गोपाल मंडलीमा आज आयोजित फोरम नेपालको नगर स्तरिय अगुवा कार्यकता भेला र अन्तरकृया कार्यक्रममा बोल्ने फोरम नेपालका नेताहरुले , राजपा काँग्रेस एमालेको चङगुलमा फसेको बताएका हुन् । उनिहरुले फोरम नेपाल र राजपा बिच भिडन्त गराएर आगामी निर्वाचनमा आफनो स्वार्थ पुर्तिका लागि काँग्रेस एमालेले षडयन्त्र गरिरहेको पनि बताएका छन् ।

फोरम नेपालको बारेमा राजपाले अहिले मधेसी जनतामा कुप्रचार गरेर भ्रम छरिरहेको भन्दै फोरम नेपालका नेताहरुले बाहिर निर्वाचन बहिष्कारको नौटंकी गरेपनि दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ५ का विभिन्न स्थानीय तहमा राजपाले आफनो उम्मेदवारी दर्ता गराएको बताएका थिए ।
अन्तरकृया कार्यक्रममा प्रदेश नम्बर २ मा निर्वाचनको मिति सरेपछिको अवस्था , आगामी निर्वाचनको रणनीति , संगठन सुदृढिकरण लगायतका विषयमा नेता र कर्यकर्ताह बिच छलफल भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो ।

फोरम नेपालका नगर अध्यक्ष राजुद्धिन बाबुको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी , केन्द्रिय सदस्यहरु वीरेन्द्र यादव , प्रहलाद गिरी , मोहनलाल चौधरी , जिल्ला अध्यक्ष प्रदीप यादव , क्षेत्रीय अध्यक्ष जितेन्द्र यादव , जिल्ला प्रवक्ता रामनरेश प्रसाद यादव , नेता श्याम सुन्दर साहका साथै वीरगन्ज महानगरपालिकाका २७ वटै वडाका फोरम नेपालका अध्यक्ष र अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Comments

comments