×

वीरगन्ज ४ असार कपिलवस्तुको वाणगंगा नगरपालिकामा बम बिस्फोट भएको छ । बिस्फोटमा एक दूधे बालकसिहत दश जना घाइते भएका छन । घाइतेलाई उपचारका लागि वुटवल लगिएको छ । प्रहरी बिट नजिकै दिउँसो साँढे १ बजे बम बिस्फोट भएको हो । बिस्फोटमा दश जना घाइते भएका छन । जसमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा वाणगंगा ५ मटेरियाका ३८ वर्षिया लाल बहादुर थारु र सोहि ठाउँका ४५ वर्षिया शेषराम गुप्ता रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुमा वाणगंगा ५ का बेझे थारु, सोहि ठाउँका विजय थारु, कमलेश प्रसाद लोहनीया, वाणगंगा ९ का रुपलाल गुरुङ, उनकी श्रीमती शुशीला गुरुङ र ७ महिनाकी छोरी मिनाक्ष गुरुङ रहेका छन् । बम कसले राखेको भन्ने बारेमा एकिन हुन सकेको छैन् । विहान ८ वजे नेकपा एमालले मनोनयन दर्ता गरेर फर्किएपछि कांग्रेस र माओवादीको संयुक्त गठबन्धनले मनोनयन दर्ता गर्देगर्दा बम विस्फोट भएको हो । घाइतेको बुटवलकाे मर्सीसिटी अस्पतालमा उपचार भइरहेकाे छ । नगरपालिका उम्मेदवारी दर्ता गरिरहेको स्थान नजिकै बम बिस्फोट भएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । प्रहरीले एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएको र मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर हिडेको र त्यसको केही सेकेण्डमा नै विस्फोट भएको बताएकाे छ । कसले किन बम बिस्फोट गरायाे भन्ने विषयमा कुनै तथ्य सार्वजनिक भएको छैन ।

Back to top