राजपाका कार्यकर्ताद्वारा उपमहानगरपालिको कार्यालयमा तोडफोड

1926

वीरगन्ज ४ असार राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले जनकपुर उपमहानगरपालिको कार्यालय भित्र प्रवेश गरी आज तोडफोड गरेको छ । कार्यालयको प्रागंणमा रहेका बा १ झ ७१५४ नम्बरको ल्याण्डकलुजर गाडीलाई तोडफोड गरेको नगरपालिकाले जनाएको छ । तोडफोडले गाडीका सीसाका अतिरिक्त अन्य भागपनि क्षतिग्रस्त भएको छ ।
सो गाडी नगरपालिकाका प्रमुख चढने गर्थे । सरकारी कार्यालयहरुमा तोडफोड गर्नथालेपछि सबै कार्यालयहरुमा कडा सुरक्षा बढाइएको छ ।

Comments

comments