×

वीरगन्ज ४ असार दोस्रो चरणको स्थानीय निकायको विरोधमा प्रदर्शन गरिरहेका मधेशीहरुमाथि धरपकड भएकोप्रति मानव अधिकारवादीहरुको ध्यानाकर्षण भएको छ । पूर्वी मधेशको मोरङ र सुनसरीमा निर्वाचनको विरोध गर्नेहरुलाई गैरन्यायीक रुपमा पक्राउ परिएको भन्दै मावन अधिकारवादीहरुले तत्काल रिहा गर्न माग गरेका छन् ।

तराई मानव अधिकार रक्षक सञ्जालले एक विज्ञप्ती जारी गर्दै मोरंगको बिराटनगरमा रास्ट्रिय जनता पार्टी९राजपा०का कार्यकर्ताहरुले शान्तिपूर्ण ढंगले तालावन्दी गर्नगएको बेला बिराटनगर प्रहरीले दुव्र्यवहार गर्दै हिरासतमा लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विराटनगरबाट पक्राउ परेका मो।कादिर, राधे कामत, रामानन्द साह, जगदिश अधिकारि, चन्द्र प्र। राजबंशी, सुरेश सिंह, राजिव केसी, लक्ष्मी रमण झा, मुन्नी कर्ण, बिपी मण्डल, विजय दास, दोना देवी मण्डल, निलम देवी यादव र श्रदानंद दासलाई थुनामा कुनै किसिमको अमानवीय ब्यबहार गर्न थर्ड एलायन्सले आग्रह गरेको छ ।

थर्ड एलायन्सका क्षेत्रीय संयोजक रन्धीर चौधरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘ हामीले गरेको अनुगमनबाट प्राप्त तथ्य अनुसार बिराटनगरमा राजपाका अन्य कार्यकर्ताहरुलाई अघोषित निगरानीमा सुरक्षा निकायले राखेको घटणालाई समेत हामीले निन्दा गर्दछौ ।’

‘लोकतन्त्रमा शान्तिपूर्ण बिरोध गर्ने हकबाट कसैलाई पनि बन्चित गर्नुहुँदैन । नेपालको संबिधान २०७२ को धारा १७ को उपधारा २ ख ले समेत ग्यारेन्टी गरेको मौलिक हकलाई राज्यले नजरअन्दाज गर्नुहुँदैन ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यता शनिबार नै मसाल जुलुस प्रदर्शन गर्ने क्रममा पश्चिम मधेशको बाँके, बर्दिया, रुपन्देही र नवलपरासीबाट सयभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राजपाका प्रवक्ता कृष्णा सिंहले यात्रा डेलीलाई बताए ।

Back to top