स्व.विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार माधुरी महतोलाई प्रदान

437

वीरगन्ज ३ असार यस वर्षको पहिलो स्व.विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार नारायणी एफएमकी सहकर्मी तथा विविसि नेपाली सेवाकी संवाददाता माधुरी महतोलाई प्रदान गरीएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , प्रतिष्ठानका अध्यक्ष विजयप्रकाश विन संयुतm रुपमा नगद दश हजार , सम्मान पत्र सहित खादा तथा माला लगाएर सम्मान गर्नुभएको थियो । आज प्रतिष्ठानद्वारा आयोजना गरीएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष विजय प्रकाश विनले स्व।विन्दु पाण्डे एक निडर ,आत्मविश्वासी तथा पर्साकै पहिलो महिला पत्रकारको रुपमा स्थापित भएको भन्दै उहाँको कार्यशैलीलाई अहिलेका पत्रकार महिलाले पनि मनन् गर्नुपर्ने बताउनुभयो । उहाँले पर्सा जिल्लामा अहिले पत्रकार महिलाहरु मध्ये कृयाशिल भएकाले प्रोत्साहान स्वरुप पत्रकार माधुरी महतोलाई सम्मान गरीएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्व।विन्दु पाण्डेकोे पत्रकारीता पेशाप्रतीको कृयाशिलताबारे जति चर्चा गरेपनि कम हुने बताउँदै संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा स्व।विन्दु पाण्डे जस्तै दक्ष तथा क्षमतावान पत्रकार बन्न सुझाव दिनुभयो । उहाँले पुरस्कारका लागि छनौटमा पर्नुभएकी पत्रकार माधुरी महतो यस पुरस्कारका लागि महिला पत्रकारहरुमा सबैभन्दा योग्य रहेको पनि बताउनुभयो । आयोजित पुरस्कार वितरण तथा सम्मानका लागि प्रतिष्ठानका सदस्य सरोज खड्काले पर्सा जिल्लाकै पहिलो महिला पत्रकार स्व।विन्दु पाण्डेले जसरी स्वच्छ , निष्पक्ष तथा स्वतन्त्र रुपमा लगनशील भएर पत्रकारीता गर्नुभएको थियो त्यसरी नै हाल पत्रकारीता क्षेत्रमा लागेका महिला पत्रकार तथा आउने पिढीलाई प्रोत्साहन तथा कृयाशिल महिला पत्रकारलाई सम्मान गर्ने उद्देश्यले प्रतिष्ठान गठन गरीएको बताउनुभयो । आज आयोजित कार्यक्रममा अध्यानन्द प्रसाद कलवार , नेशनल मेडीकल कलेजका आविद हुसैन , पत्रकार पुरुषोत्तम सिँह भट्टराई , स्व।विन्दु पाण्डेका श्रीमान् एवं पत्रकार सुदर्शन राज पाण्डे लगायत वीरगंजका पत्रकारहरुको उपस्थिती रहेको रहेको थियो । आजको कार्यक्रम संचालन पत्रकार विजय भण्डारीले गर्नुभएको थियो ।