राजपाको आन्दोलन जारी, थप कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित)

2996

वीरगन्ज ३ असार राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले असार १४ गतेसम्मको आन्दोलन यथावतै राखी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

राजपा नेपालका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आफूहरुको माग सम्बोधन नभए निर्वाचनमा भाग नलिने अडान कायमै रहेको जनाइएको छ ।

सरकारले राजपा नेपालसँग भएको सहमति विपरीत सरकारले एकतर्फी ढंगले निर्णय गरी निर्वाचनको कार्यक्रम घोषणा गरेकोले आफूहरु निर्वाचन नजाने संयोजक ठाकुरले पत्रकार सम्मेलनमा बताए ।

असार १४ गतेसम्मका आन्दोलनका घोषित कार्यक्रमहरुलाई जारी राख्दै असार ३ गते मधेश÷थरुहटका सबै जिल्लाहरुका सबै जिल्लाहरुमा लाठी पुलुस प्रदर्शन र असार ४ गते मधेश÷थरुहटमा बन्द र हडताल गरिने थप कार्यक्रम सार्वजनिक गरिएको हो ।