अपराधी जोगाउन अपराध

980

वीरगंज, ३ असार ।दुई सय करोड नक्कली भ्याट बिल प्रकरणमा नया“ मोड आएको छ । सन्तोष भन्ने प्रदीप वर्मा, पवन भन्ने दीपक श्रीवास्तव अहिले प्रहरी हिरासतमा छन भने यिनका ठूला मतियार राजेश श्रीवास्तव अहिले फरार रहेका छन् ।  यस प्रकरणमा आफ्नो फ“सेका मान्छेलाई निकाल्न र निर्दोष व्यक्तिलाई फ“साएर पैसा तान्न गिरफ्तार अभियुक्तको नातामा पर्ने भाई कुणाल वर्मा सक्रिय भएका छन् । पटक–पटक जेल यात्रा गरीसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको हनुमान भएर काम गर्ने एक जना झा थरका नटवरलाललाई कुणालले प्रयोग गरेर सोझा आन्तरिक राजश्व कार्यालय वीरगंजका कर्मचारीहरुलाई फ“साउने तानावाना बुनिरहेका छन् ।