×

वीरगन्ज २ असार संविधान संशोधन बिना सरकारले जबरजस्ति स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले मधेस ,थरुहट र लिम्बुवान क्षेत्रमा आह्वान गरेको चार दिने बन्दको चौथौ दिन शुक्रबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् । वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक , बाइपासको नगवा लगायतका स्थानमा शुक्रबार पनि बिहानै देखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरेपनि राजपाका कार्यकर्ता पातिलैजादा वीरगन्ज बजार खुलेको देखिन्छ । राजपले तराई बन्दको अहवान गरे पनि आज चौथौ दिन वीरगन्ज बजार खुलेको देखिन्छ । संविधान संशोधन , स्थनीय तहको संख्या थप , मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले जबरजस्ति चुनाव गर्न खोजेको भन्दै राष्टिय जनता पार्टीले मंगलबार देखि असार २ गते सम्मका लागि मधेस , थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरे पनि वीरगन्ज बजार तिन दिन बन्द रहेपनि आज बजार खुलेको देखिन्छ । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु आज पनि खुलेका छैनन् । वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले लामो दुरुकिा भाडाका सवारी साधन चल्न दिएका छैनन् । तर वीरगन्ज बजारमा मोटरसाइकल , इरिक्सा , रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।

Back to top