×

वीरगन्ज १ असार सत्तारुढ दलले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति जनाएको छ भने पाँच नम्बर प्रदेशका विषयमा छलफल हुँदैछ । दुई नम्बरको निर्वाचन सारिए पनि आन्दोलन नरोकिने राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले बताएका छन् ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाबीचको वार्तामा सत्ता पक्षले दुई नम्बरको निर्वाचन सार्ने निर्णय गरेको छ । गृहमन्त्री जनार्दन शर्माका अनुसार दुई नम्बरको निर्वाचन सारिनेछ तर बाँकी प्रदेशहरुका असार १४ गते नै निर्वाचन हुनेछ ।

तर माओवादी प्रवक्ता पम्फा भुसालले दुई नम्बरको निर्वाचन सारिए असोज दुई गते हुन सक्ने बताएकी छन् । राजपका नेता महेन्द्र यादवले भने,‘सत्ता पक्षले दुई नम्बर प्रदशेको निर्वाचन सार्ने जनाएको छ । पाँच नम्बरको सार्न पनि छलफल हुँदैछ । तर निर्वाचन सारेर मात्रै हामी चुनावमा भाग लिदैनौं । हाम्रो आन्दोलन पनि रोकिदैन । सरकारको निर्णयलाई हामी कुर्दैछौं ।’

यादवले सरकारले निर्वाचन सार्ने निर्णय मात्र गरेको खण्डमा आन्दोलन नरोकिने बताउँदै संविधान संशोधनसहित स्थानीय निकायको संख्या बृद्धि र मुद्दा फिर्ता लगायतका विषयमा ठोस निर्णय लिए आफुहरुको आन्दोलनका बारे सोंचने बताए ।

 

Back to top