×

  1. वीरगन्ज १ असार वीरगन्ज—दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्। मंगलवार काठमाडौंमा भेला भएका तराईका काँग्रेस जिल्ला सभापतिहरु, केन्द्रीय सदस्यहरु र ययहाँबाट प्रतिनिधीत्व गर्ने साँसदहरुले बैठक गरेका थिए । बुधवार बिहान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनीहरुले सामुहिक रुपमा आफ्ना कुरा राखेका छन्। आफूहरुले मधेसमा जारी आन्दोलनलाई शान्त गरी र राजपालाई पनि साथ लिएर चुनावमा जाने वातावरण बनाउने आग्रह गरेको काँग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले बताए।‘मधेसलाई अशान्त छोडेर बलजफ्ती चुनावमा जानु उपयुक्त हुने छैन भन्ने हाम्रो साझा निश्कर्ष रह्यो, आज (बुधवार) बिहान हामीले पार्टी सभापति ज्युलाई भेंटेर सामुहिक रुपमै कुराहरु राखेका छौं,’ केन्द्रीय सदस्य चौरसियाले भने, ‘पार्टी सभापति साकारात्मक हुनुहुन्छ, संबिधानले गरेकै ब्यवस्था प्रयोग गरेर स्थानीय तहको संख्या बढाउने र सरकारबाट गर्न सम्भव भएसम्मका माग सम्बोधन गरेर, राजपालाई सहमतिमा ल्याइ चुनावको लागि उपयुक्त बताबरण बनाउन सकिने देखिएको छ, यसमा निकै आशाजनक किसिमले उहाँ (देउवा)ले चासो लिनु भएको थियो।’ केही समयको लागि चुनाव सारेर सामाधान निस्कने उनले बताए।
Back to top