×

वीरगन्ज १ असार राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको एकतर्फी निर्णय भएको भनेको छ । राजपाले मधेश, थरुहटका अन्य जिल्लामा असार १४ मै गरिने निर्वाचन मान्य नहुने समेत जनाएको छ ।

राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकारले गरेको निर्णयमा आफूहरुको कुनै सहभागिता वा सहमति नरहेको बताए ।

‘संविधान संशोधन र जनसंख्या अनुपातमा स्थानीय तहको संख्या थपेपछि मात्रै चुनाव हुनुपर्छ भन्ने हाम्रो अडान यथावत छ,’ उनले भने ‘सरकारको निर्णयको बिरोध जारी रहन्छ ।’ उनले आमहड्ताल सहितको आन्दोलनको कार्यक्रम यथावत रहेको समेत बताए ।जिल्लामा रहेका अध्यक्ष मण्डलका सदस्यहरुलाई समेत भोलि काठमाडौं बोलाइएको र अध्यक्ष मण्डलको बैठक बसेर थप निर्णय लिइने उनले जनाए ।

Back to top